site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संविधानमा महिला हक अधिकार तथा महिलासम्बन्धी ऐन एवं विधेयकहरुका विषयमा बिहीबार एक कार्यक्रममा छलफल भयो ।    युएन वुमन तथा मिडिया एड्भोकेसी ग्रुप नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा लैंगिक समानता र महिला सशक्तीकरण सम्बन्धी ४६ वटा संवैधानिक प्रावधानको आधारमा प्रचलित कानुनको पुनरावलोकन गरी ४१ वटा ऐन तथा कानुनहरु उपर संशोधनका सुझावहरु प्रस्तुत गरिएको थियो । 

विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको कार्यक्रममा नागरिकताको हक, समानताको हक, शोषण विरुद्धको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, सेना, राजनीतिक दल, राजदूत, संवैधानिक पद र सरकारी सेवामा समावेशिकरणसहितका २० वटा विषयहरुमा संशोधन सुझाव प्रस्तुत गरिएको थियो ।

युएन वुमनकी सरु जोशी श्रेष्ठले कार्यक्रममा सर्वसाधारणले बुझ्नेगरी कानुन, ऐनहरु लेखिनुपर्ने तथा कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गरिन् । बार एसोसिएसनकी अध्यक्ष उषा मल्ल पाठकले ४६ वटा कानुनमा पुनरावलोकन गरेर संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । नयाँ कानुन ल्याउने तथा भइरहेको कानुनलाई पनि संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।  कार्यक्रममा अभिवक्ता ओमप्रकाश अर्याल, पुनदेवी महर्जन तथा प्रतिभा खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC