site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको ठूलो भूमिका छ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको निकै ठूलो भूमिका रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुङ्गोमा पुर्याउन सफल भएको उल्लेख गरे।

नेपाल राजनीतिक सङ्क्रमणको अन्तिम चरणमा रहेको भन्दै उनले नेपालको संविधानअनुरुप पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले २१ औँ शताब्दी सूचना र प्रविधिको युग भएको हुँदा सूचना र प्रविधिको विकासले विश्व जगत्मै महत्वपूर्ण परिवर्तन ल्याएको धारणा राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री र प्रेस काउन्सिलका प्रतिनिधि उपस्थित थिए ।

रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC