site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चोइ सुन सिल काण्डमा सामसङ प्रमुख पनि मुछिए, स्वार्थ पूर्तिका लागि चन्दा दिएको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण कोरियाको प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी  सामसङका प्रमुख लि जे योङलाई  त्यहाँको ठूलो राजनीतिक काण्डकी विवादित पात्र चोइ सुन सिललाई राजनीतिक फाइदा प्राप्त गर्नका लागि चन्दा दिएको आरोप लागेको छ ।

सामसङका प्रमुख लिसँग त्यहाँका सरकारी वकिलहरुले चोइ सुन सिल काण्डसँग सम्बद्ध विषयको बारेमा सोधपुछ गरेको बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति पार्क गेउन हेकी साथीसमेत रहेकी चोइले राष्ट्रपतिलाई प्रभावमा पारी सम्बन्धलाई दुरुपयोग गरेको आरोप लागेको थियो । यसबाट चोइले ठूलो आर्थिक तथा अन्य फाइदा उठाएको सार्वजनिक भएको थियो ।

सामसङले चोइ सुन सिलले सञ्चालन गरेको विभिन्न च्यारिटी संस्थाहरुलाई चन्दा दिएको आरोप लागेको छ । सामसङमा अर्को एक कम्पनीको विवादित विलयका लागि राजनीतिक सहयोग लिने उद्देश्यले सो चन्दा प्रदान गरेको बताइएको छ । चोइ सुन सिलको सोही काण्डका कारण राष्ट्रपति पार्कलाई गत डिसेम्बरमा महाभियोग लगाइएको थियो ।

Global Ime bank

बिहीबार बिहान रिपोर्टरहरूसँग कुरा गर्दै सामसङका प्रमुख लिले  यस काण्डका कारण जनताका अगाडि राम्रो इमेज प्रदर्शन गर्न नसकेको भन्दै गहिरो माफी माग्न चाहेको बताएका थिए ।

यसअघि चेइल इन्डस्ट्रिज र सामसङ सि एण्ड टीबीच मर्ज भएको थियो । सो मर्जर सम्झौताका लागि राष्ट्रपतिको सहयोग र समर्थन पाउन चोइ सुन सिल र उनको छोरीको कम्पनीलाई सामसङले ३.१ मिलियन डलर दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC