site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
युवालाई स्वदेशमै रोजगारी उपलब्ध छ : उद्योगमन्त्री जोशी
Sarbottam CementSarbottam Cement

भक्तपुर । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा उनले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताए ।

उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उनले युवा लक्षित उद्योगको विकास जरुरी रहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रित भएको बताए । मन्त्री जोशीले देशको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल र अनुराधा थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिए । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले  आव २०७४-७५ का लागि १९ करोड ४५ लाख ४८ हजारको बजेट सार्वजनिक गरे ।

नगरपालिकाको आन्तरिक स्रोतबाट ६ करोड ५५ लाख, बाह्य स्रोतबाट रु १२ करोड ९० लाख ४८ हजार, चालु खर्चतर्फ पाँच करोड ३५ हजार र पुँजीगत खर्चतर्फ १४ करोड ४५ लाख १३ हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।

Global Ime bank

रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC