site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

शंकरापुर (साँखु) । चम्किलो अनुहार, पुष्ट शरीर । गुहु र मुतमा डुब्नुपरेको छैन । जीवन फेरिएको छ । राम्रो हेरचाह पाएका छन् । दिसापिसाब समयमै गराइन्छ । औषधोपचार नियमित छ । बोल्न र हिँड्न सक्तैनन् । तर उनको अनुहारमा चमक छ । उनी खुसी छन् । अनुहारले त्यही बताउँछ । दाम्लोबाट छुटकारा पाएपछिको जीवन आफैंमा नौलो  हो ।

असार २२ गते उनको खुट्टाबाट दाम्लो फुकाइयो । दाम्लो फुक्दै गर्दा छिमेकी मायाँ वाइबाले भनेकी थिइन् – ‘उनलाई अब भने दिसापिसाबमा डुवेको देख्नुपर्दैन ।’ अहिले त्यो चरितार्थ भएको छ ।

आगन्तुक देखेर उनी हात हल्लाउँछन्, हाँस्छन् । हाउभाउले केही भन्न खोजे जस्तो गर्छन् । साँच्चै फेरिएका छन्, १५ वर्षका अनुत वाइबा । मोटाएका छन् । ह्वील चियरमा हिँड्डुल गर्छन् । उनको रेखदेखमा खटिन्छन् युवाहरु, अनि गुहु मुत सोहोरिदिन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कति अस्पताल लैजाँदा पनि उनको उपचार सम्भव नभएको उनका रेखदेखकर्ता उमेश तामाङ बताउँछन् । अब अपाङ्ग नै रहने भएपनि आफ्नै घरमा जस्तो पीडा झेल्नुपरेको छैन उनलाई ।

‘दाम्लोबाट छुटकारा पाउँदा, अनि गुहु र मुतमा डुव्नु नपरेको देख्दा र सुन्दा साह्रै मन खुसी छ,’ काठमाडौंकी सिर्जना थपलिया भन्छिन् । यस्ता असहायको केही सहयोग गर्ने सोच बनाएको उनले बताइन् ।

Global Ime bank

यस अघि उनको बास थियो टिनको छानोको थोत्रो घर । चिसो भुईंमा राखिएको थोत्रो सुकुल । दुर्गन्धित ठाउँ । त्यसमाथि लडिरहेका कुपोषित बालक वाइबाको बायाँ खुट्टाको गोलीगाँठो नजिक दाम्लो लगाइएको हुन्थ्यो । सधैं गुहु र मुतको आहालमा उनी डुबिरहन्थे ।

चितवनको रत्ननगर वडा नम्बर १५ स्थित माधवपुरमा झण्डै एक बर्षदेखि दाम्लोमा बाँधिँदै आएका उनी अहिले १५ वर्षका भए । एनआरएनएका केन्द्रीय सदस्य एवम् डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटा वाइबा दाम्लोमा हुँदा र अहिले फेरिएको देख्दा मन आनन्दित भएको बताउँछन् । उनकै पहलमा चितवनको रत्ननगरका वाइबालाई दाम्लोबाट छुटाइएको हो ।

अहिले स्वास्थ्योपचार र पालनपोषण अपाङ्ग बाल तथा वृद्ध सेवा गृह काठमाडौँले गरिरहेको छ ।  चावहिलबाट साँखु जाने बाटोबाट झण्डै १५ किलोमिटर हिँडेपछि आउने काठमाडौँ शंकरापुर नगरपालिका वडा नम्बर १० सलंबुटार साँखुमा रहेको उक्त गृहमा अनुतलाई भेट्न सकिन्छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाजद्वारा सञ्चालित यो गृहमा उनीसँगै अन्य ४१ जना असहायहरुले आश्रय लिइरहेका छन् ।

आफैं अपाङ्ग भएर बसेका युवराज थापाको नेतृत्वको समूहले यस्ता असहायको रेखदेख गर्ने गरेको छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र तत्कालीन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा उनलाई गएको असार २२ गते उद्धार गरेर काठमाडौँ पठाइएका थियो ।

नारायण ढुंगाना / रासस

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC