site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

कान्दाहार (अफगानिस्तान) । अफगानिस्तानको सहरहरूमा मङ्गलबार भएका बमबारीमा परी संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ व्यक्तिको मृत्यु भएको समाचार छ । 

दक्षिणी कान्दाहारमा रहेको एक सरकारी कार्यालय परिसरका एक सोफामा लुकाएर राखेको बम विस्फोट हुँदा १२ व्यक्तिको मृत्यु भएको थियो । तीमध्ये पाँच जना भने संयुक्त अरब इमिरेट्सका अधिकारी रहेका बताइएको छ । यस आक्रमणमा परी कान्दाहार प्रान्तका उप गभर्नर अब्दुल शाम्सीको पनि मृत्यु भएको छ । 

Agni Group

यद्यपि अफगानिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदूत भने सो विस्फोटनबाट बाचेको बताइएको छ ।

यस आक्रमणको केही घण्टा अगाडि अफगानिस्तानको संसद भवननजिकै भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ३८ व्यक्तिको मृत्यु हुनका साथै  अन्य ८६ जना घाइते भएका थिए । त्यसैगरी मङ्गलबार बिहान सबैरै अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लास्कार घामा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए ।

Global Ime bank

कान्दाहारमा भएको आक्रमणको तालिवानी आतङ्ककारी समूहले आफूहरूले नगरेको दाबी गरेका छन् भने काबुलमा अवस्थित संसदमा भएको आक्रमणको भने आफूहरूको हात रहेको दाबी गरेका छन् । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  ०२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC