ad

देश

नसर्ने रोगको जोखिम बढ्दै, मन्त्रालयले सुरु गर्यो ‘पेन प्याकेज’ कार्यक्रम

काठमाडौं । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् ।

प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको र नेपालमा नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु हुने गरेको विश्वस्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको बताए ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले नसर्ने रोगको अर्को प्रमुख कारण मधुमेह भएको भन्दै त्यसका लागि आफ्ना आचरण परिवर्तन गर्नुपर्नेमा जोड दिए । रासस

तपाईंको मत