site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डायरी मामिलामा मोदीलाई राहत, सुप्रिम कोर्टद्वारा रिट खारेज
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको सुप्रिम कोर्टले बहुचर्चित ‘सहारा–बिरला डायरी’ मामिलामा दायर ‘जनहित याचिका’ खारेज गरिदिएको छ । यो रिट सुप्रिम कोर्टका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले दायर गरेका थिए ।

उनले यो डायरीका बारे जाँचको माग गरेका थिए । 
यो डायरी नोभेम्बर २०१४ मा आयकर विभागले छापा मार्दा बरामद गरिएको थियो । जहाँ राजनेताहरुलाई पैसा दिएको बताइएको छ । जसमा गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीसमेत कैयौँ व्यक्तिको नाम रहेको भनिएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

तर, सुप्रिम कोर्टले प्रशान्त भूषणको रिट (याचिका) लाई खारेज गर्दै भनेको छ कि, जुन डायरीहरुको कुरा गरिएको छ, त्यसलाई प्रमाण मान्न सकिँदैन । प्रशान्त भूषणले सुप्रिम कोर्टको फैसलालाई दुर्भाग्यपूर्ण भनेका छन् । 

उनले फैसलापछि भने, “यो फैसलाले जनाउँछ कि, कैयौँपटक जब प्रभावशाली व्यक्ति आउँछन् तब सुप्रिम कोर्टको नजर ती मुद्दाहरुलाई लिएर परिवर्तन हुन्छ । जसमा पहिले नै फरक प्रकारको फैसला गरिएको हुन्छ ।”

Global Ime bank

 यो फैसलापछि पनि आरोपको बादल भने नहट्ने उनले बताए । 
उल्लेखनीय विषय, यिनै डायरीहरुको नाम लिँदै गत महिना डिसेम्बरमा राहुल गान्धीले नरेन्द्र मोदीमाथि आरोप लगाएका थिए । उनले मोदीको नाम केही उद्योगपतिको डायरीमा नाम लेखेको पाइएको र उनले पैसा पनि लिएको आरोप लगाएका थिए । 

राहुल गान्धीले आयकर विभाग सँग पनि यससँग सम्बन्धित कागजात रहेको दाबी गरेका थिए । र, उनको यो पनि दाबी थियो कि, सहारा ग्रुपका व्यक्तिले नरेन्द्र मोदीलाई ६ महिनामा जम्मा ९ पटक पैसा दिएको कुरा लेखिएको पाइएको थियो । 

भारतीय जनता पार्टीले यी आरोपलाई खण्डन गर्दै गंगाजस्तै पवित्र नरेन्द्र मोदीलाई राहुल गान्धीले गलत आरोप लगाएको बताएको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC