site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफ्ना गुप्तचरसँग ट्रम्पको आपत्तिजनक भिडियो भएको दाबी रसियाद्वारा अस्वीकार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । रसियाले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाको एक होटलमा यौनकर्मीको भिडियो हेरिरहेकोे एक आपत्तिजनक भिडियो रसियाको गुप्तचर निकायले हात पारेको भन्ने अमेरिकी मिडिया रिपोर्टलाई  अस्वीकार गरेको छ ।
रसियाको राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ताले सो आरोपलाई एक ‘सस्तो उपन्यास’ को संज्ञा दिए ।  उनले यो कार्यलाई ‘सम्बन्ध बिगार्ने स्पष्ट प्रयास’ भनेको बीबीसीले जनाएको छ ।
ट्रम्पले भने सो समाचारलाई  आलोचना गर्दै त्यसलाई ‘फेक’  समाचार भनेका छन् । साथै यसलाई ‘राजनीतिक बोक्सीको शिकार’ को संज्ञा दिएका छन् । सो मिडिया रिपोर्टमा ट्रम्पको चुनाव प्रचार अभियान र मस्कोबीच गोप्य कुराकानी भएको पनि आरोप लगाइएको छ ।  अमेरिकी गुप्तचर संस्थाले गएको बिहीबार राष्ट्रपति ओबामा र शुक्रबार ट्रम्पलाई हस्तान्तरण गरेको रिपोर्टमा सो कुरा रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC