site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुलमानलाई तालीको फोहरा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अहिले मुलुकमा बढी चर्चा पाएका मध्ये एक हुन्, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् । 
उनी जुनसुकै कार्यक्रममा पुगे पनि उत्तिकै ताली पाएका हुन्छन् र सबैको स्यावासीका पात्र पनि ।
अझ धेरै खुसी त व्यवसायी देखिएका छन् ।
त्यो खुसी बुधबार काठमाडौंको एक कार्यक्रममा प्रष्टै देखियो । 
कार्यक्रम हो, नेपाल चेम्बर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवस ।  कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।
चेम्बर अफ कमर्शले आफ्नो फरक–फरक विधाका विभिन्न उद्यमी तथा संघ संस्थालाई सम्मान गर्यो । सम्मान विधामा वेस्ट म्यानेजमेन्ट अवार्ड पनि थियो । कुलमानको नाम लिनुअघि उद्घोषिकाले बाँधेको भूमिकाले नै धेरैले अड्कल काटिसकेका थिए ।  उद्घोषिकाले घोषणा गरिन्– ‘‘बेस्ट म्यानेजमेन्ट अवार्ड गोज् टू कुलमान घिसिङ्”
उनले जब नाम लिईन् तब दर्शक दीर्घामा उत्साह भरिएर आयो । त्यतिबेला उनी पनि दर्शक दीर्घाको बीच भागमा थिए ।  उनी आफ्नो ठाउँबाट उठे र सम्मान ग्रहण गर्न मञ्चमा पुगे । कुलमानलाई मञ्चसम्म पुग्दा हात मिलाउनै भ्याईनभ्याई थियो । उनलाई प्रधानमन्त्री तथा चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रमाण पत्र वितरण गरे । 
उनलाई बधाइको ओइरो नै लाग्यो । लगातार ताली बजिरह्यो । यसबाट पनि उनले गरेको कामको सन्तुष्टि झल्किन्थ्यो ।  त्यतिमात्रै होइन, उनीले प्रमाणपत्र लिएर सिटमा फर्किदा उनीसँग सेल्फि लिनेहरुको पनि कमी थिएन ।  छेउका एक सहभागी भन्दै थिए, ‘‘यस्ता मान्छेका लागि ताली बजाउँदा पो आनन्द आउँछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC