काठमाडौं । अटोमोबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले ‘ईट्वान्टी स्पोर्ट्ज कार’ बजारमा ल्याएको छ ।
महिन्द्राले ल्याएको यो विद्युतीय सवारीको प्रारम्भिक मूल्य छब्बीस लाख रुपैयाँ तोकिएको छ । यस कारमा डुअल एयरब्याग, एबीएस्, फास्ट चार्जिङ र रियर वाइपरसहितको विशेषता रहेको छ ।
१ सय २७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया समेत उपलब्ध रहेको अग्नि ग्रुपले जनाएको छ । लेदर सिटका साथै प्रिमियम स्टाइलिङ, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ माउन्टेड अडियो कन्ट्रोल पनि यसका विशेषता हुन् ।
महिन्द्रा ईट्वान्टी स्पोर्ट्जले एकसय किलोमिटर प्रति घण्टाको ‘टपस्पिड’ दिन सक्ने अग्निले जनाएको छ ।