site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । समाज सेवाका क्षेत्रमा विगत १७ वर्षदेखि क्रियाशील रहँदै आएको संस्था हेल्प नेपाल नेटवर्कले गतवर्ष गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको ठोकर्पा उच्च माध्यमिक विद्यालय र दोलखाको राजकुलेश्वर आधारभूत विद्यालय निर्माणका लागि रकम हस्तान्तरण गरेको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा वरिष्ठ हास्य कलाकार तथा समाजसेवि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विद्यालय निर्माणार्थ प्रदान गरिएको रकम हस्तान्तरण गरे । 
दुबै विद्यालय निर्माणका लागि हेल्प नेपालले पहिलो किस्ता वापत ४०÷४० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मह जोडीले हेल्प नेपाल नेटवर्कको यस महान कार्यमा सहभागी हुन पाउँदा आफूहरु गौरवान्वित भएको बताए । हेल्प नेपालको यस पवित्र कार्यमा आफूहरु पनि जोडिन पाउनु भनेको खुशीको कुरा भएको दुवैको भनाइ थियो । मह जोडीले हेल्प नेपाल नेटवर्कका विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै आएको र समाजसेवाका कार्यमा सहयोग गर्न सकेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष संचारकर्मी रविन्द्र मिश्रले हेल्प नेपालको स्थापनाका उद्देश्यबारे चर्चा गर्दै अब देश बनाउने जिम्मा युवाहरुको काँधमा आएको उल्लेख गरे । कार्यक्रममा उपस्थित युवाहरुलाई इंगीत गर्दै मिश्रले युवाहरुले मदनकृष्ण र हरिवंश आचार्यबाट सेवाकर्म सिक्नुपर्ने बताए ।
हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले भूकम्पबाट पूर्णतः क्षतिग्रस्त दुवै विद्यालयहरु नेपाली वास्तुकलामा आधारित रही निर्माण गरिने बताए । उनले भूकम्प जाँदा राहतका लागि उठेको रकमबाट बाँकी रहेको रकम यी दुवै विद्यालय भवन निर्माणका लागि खर्च गरिने बताए ।
कार्यक्रममा हेल्प नेपालकी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले हेल्प नेपालको स्थापना तथा सो संस्थाले गरेको क्रियाकलापहरुका बारेमा जानकारी गराएकी थिइन ।
हेल्प नेपाल नेटवर्कले सिन्धुपाल्चोकको विद्यालयका लागि सर्भाइभर्स नेपाल र दोलखाको विद्यालयका लागि राजहिटी समाजलाई रकम हस्तान्तरण गरेको थियो । यी दुवै संस्थाका प्रतिनिधि उत्तम पुडासैनी र विक्रम मल्लले हेल्प नेपाल एक प्रेरणादायी संस्था भएको बताउँदै विद्यालय निर्माणका लागि प्रतिवद्धता व्यक्त गरे ।    
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC