site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्यु डायमन्डको एकल अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीमा जारी १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले एकल अग्रता बनाएको छ । बुधबार भएको खेलमा रामेछापको चन्डेश्वरी युवा क्लवलाई पराजित गर्दै न्यु डायमन्डले एकल अग्रता बनाएको हो ।

नयाँबस पार्कस्थित भलिबल कोटमा न्यु डायमन्डले चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गर्यो ।  जितसँगै न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोड्न सफल भएको छ । दोस्रो स्थानको एपीएफको ४ खेलबाट १२ अंक छ । त्यस्तै तेस्रो स्थानमा नेपाल आर्मीले ४ खेलबाट १२ अंक जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन् । रिड मोडल कलेजले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्यो  भारतीय राष्ट्रिय खेलाडीको वर्चश्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।

त्यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ । जितसँगै विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोड्न सफल भएको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोडेकोे छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC