site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै भन्सार छली गरेर ल्याइएको ३४ किलो सुन कसको हो भन्ने विषय झनै रहस्यमय हुँदै गएको छ ।

विदेशबाट ल्याइएको सुन कहाँ कुन व्यापारीलाई कति उपलब्ध गराउने सम्बन्धित अर्का व्यक्ति पक्राउ परेपछि सुन सम्बन्धि विषय झनै रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।

केही मिडिया सञ्चालकले समेत उनै व्यक्तिलाई प्रयोग गरेर केही पहिलादेखि नै सुनको कारोबार गर्दै आएको अनुसन्धानमा संलग्न अधिकारीको आशंका छ ।
तर लगानीकर्ताको पहिचान अझै हुन नसकेको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“आशंका गरिएको भन्दा झनै रहस्यमय देखिँदै गएको छ,” स्रोतले भन्यो, “अनुसन्धान पूरा नहुँदासम्म यो कसको लगानीमा ल्याइएको हो । कहाँ लैजाने भन्ने अहिले नै केही भन्न सकिँदैन ।”

दुबईबाट सेटिङमार्फत नेपाल भित्र्याएको सुन व्यापारीकहाँ पुर्याउने सुन तस्करी समूहका काठमाडौं नजिकैका एक जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

Global Ime bank

पक्राउ परेका उक्त व्यक्ति अनुसन्धानको घेरामै रहेको भन्दै प्रहरीले नाम  सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकारीले बताएअनुसार ती व्यक्ति सुुन तस्करी समुहका नेपालमा सुन बाँडफाँड गर्ने प्रमुख व्यक्ति हुन् ।

यसअघि पक्राउ परेका तीन जनाले आ–आफ्नो काम पूरा गरेर सुन ती व्यक्तिकहाँ पुर्याउने तयारी गरेका थिए ।  दुबईबाट नेपाल सेटिङमार्फत भित्रिएको सुनलाई उनैले नै व्यापारीकहाँ र भारतसम्म पुर्याउने गरेको स्रोतले जानकारी दियो । 

उच्च स्रोतका अनुसार उनले काठमाडौंको न्युरोडमा रहेका नाम चलेकै सुन पसलका मालिकलाई सुन बुझाउने गरेका थिए ।

(स्रोतले सुन पसलको नाम गोप्य राखिदिन आग्रह गरेका कारण व्यापारी र पसलको नाम गोप्य राखिएको छ ।)

“दुबईमा बसेर नेपाल सुन पठाउने हरी खड्काका दाहिने हात जस्तै हुन् उनी,” स्रोत भन्छ, “काठमाडौंमा उनैको एउटा रोधी घर छ । त्यहींबाट कसले कति सुन लैजाने हो भन्ने निर्णय हुन्थ्यो ।”
अनुसन्धान स्रोतका अनुसार यसपटक ती व्यापारीले ८० ‘पिस’ अर्थात् ८० किलो सुन अर्डर गरेका थिए ।
“त्यहीमध्येको ३४ किलो सुन फेला परेको हो,” स्रोतले भन्यो, “बाँकी सुन आइसक्यो कि आउन बाँकी हो भनेर अनुसन्धान भैरहेको छ ।”

रोदीघरबाटै व्यापारीलाई बेचिन्थ्यो सुन 
“दुबईबाट सुन बोकेका भरिया नेपाल आउँथे,” प्रहरी स्रोतले भन्यो, “भरियाले भन्सारका कर्मचारीको सहयोगमा विमानस्थलबाट बाहिर निकाल्थे । बाहिर निस्केपछि उनीहरुले त्यो सुन दोस्रो पक्षलाई दिन्थे, त्यो दोस्रो पक्षले सुन मंगलबार राति पक्राउ परेका व्यक्तिकहाँ पुर्याउँथ्यो । उनैले त्यो सुन काठमाडौंमा रहेको रोधीघरमा लगेर जम्मा गर्थे । रोधीमा सुन राख्नकै लागि एउटा कोठा नै छुट्याएका रहेछन् । अर्डरअनुसार व्यापारीले सुन रोधीघरबाटै उठाउने गरेको भेटियो ।”

मंगलबार राति पक्राउ परेका व्यक्तिले सुन व्यापारी र लगानीकर्ताको नाम बताए पनि अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक नगरिएको ती अधिकारी बताउँछन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्,“सुन त बेला–बेला यसैगरि पक्राउ हुन्थ्यो । तर यसपटकको केसले धेरै कुरा बाहिर आउला जस्तो देखिएको छ । यसमा ठूलै नाम चलेका व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC