site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भूकम्पपछिको पुनःस्थापना कार्यक्रम पूरै विफल भएको छ । मूलतः सरकारको अदूरदर्शी तथा संवेदनहीनताका कारण दुई वर्ष पुग्न लाग्दासम्म पनि अधिकांश पीडितले सरकारले दिने भनेको अनुदानको पहिलो किस्तासम्म पनि पाउन नसकेका हुन् । अनुदान यसै पनि अपुग थियो त्यसमाथि समयमा दिइएन । पीडितका लागि सरकारी पुनःस्थापना कार्यक्रम यथार्थमा 'उपहास' हुनपुगेको छ । सरकारै विफल भएपछि गैरसरकारी संस्थाहरू सफल हुने सम्भावना बिरलै हुन्छ । तैपनि, इमानदार र संवेदनशील संस्था तथा व्यक्तिले पुनःस्थापनाका केही काम गरेर उदाहरण प्रस्तुत गरेका छन् । अधिकांश र ठूला मानिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काम पनि पुनःस्थापनाका सन्दर्भमा सरकारको भन्दा धेरै फरक छैन । पुनःस्थापनामा संलग्न कर्मचारी र पदाधिकारीका गरिएको खर्च भूकम्प पीडितका लागि भएको भन्दा धेरै हुने विडम्बना गैरसरकारी संस्थाहरूमा पनि व्यापकरूपमा देखिएको छ । नेपाल रेडक्रस सोसाइटीले पुनःस्थापनाका नाममा गरेको खर्चको प्रकृतिले सम्भवतः राष्ट्रसंघीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रवृत्तिको पनि प्रतिनिधित्व गर्छ ।     

भूकम्पपीडितका नाममा प्राप्त सहायता पीडितहरूको पुनःस्थापनामा खर्च गर्नुको साटो रेडक्रसको सञ्चालन र कर्मचारीको सुविधामा खर्च गरिएको समाचार राष्ट्रसंघीय निकाय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारीका लागि उति अनौठो नलाग्ला । तिनको पनि खर्चको विधि र प्रकार बेग्लै हुनसक्छ प्रवृत्ति त्यही हो । सेवा पनि हो पुनःस्थापना कार्यक्रम र दाताले पीडितका लागि दिएको पैसामा सबैभन्दा बढी पीडितकै हक हुन्छ भन्ने यिनका कारिन्दा र हाकिम कसैले पनि कहिल्यै स्वीकार गरेको अपवादबाहेक अन्यत्र पाइएको छैन । सन् २०११ मा हाइटीमा गएको भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट अर्बौं डलर सहायता गयो तर पुनर्निर्माण र पुनःस्थापना कार्य कहिल्यै हुनसकेन। आकस्मिक सहायता पनि राम्ररी नपुगेकाले  भूकम्पपछि हैजाबाट मात्रै करिब ७ हजारको ज्यान गयो । अमेरिकी रेडक्रसले पाएको अर्बौं डलर बालुवामा पानी भएको र भूकम्पपीडितहरूका लागि अस्थायी र देखावटी सहायताबाहेक अरू केही नगरिएको खुलासापछि संसारभर विफलताको उदाहरण दिनुपर्दा 'हाइटी मोडल' भन्ने गरिन्छ । नेपाल रेडक्रससम्बन्धी समाचारले यहाँ पनि अमेरिकी रेडक्रसकै पद चिह्न अनुसरण गरिएको स्पष्ट देखिएको छ । नेपाल रेडक्रसले साख बचाउने हो भने अहिलेसम्म गरिएका खर्च र त्यसबाट भएको उपलब्धिको श्वेतपत्र जारी गर्नुपर्छ । सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था उत्पन्न हुनु रेडक्रस अभियानकै लागि लाजमर्दो हुनेछ । रेडक्रसको साख जोगाउन रेडक्रसकर्मीहरूले पनि आवाज उठाउन हिचकिचाउनु हुँदैन ।

रेडक्रसले फजुल खर्च गर्नु हुँदैनथियो । नेपाल रेडक्रस विगतमा ठूला विपत्तिहरूमा साख नगुमाई उदाहरणीय काम गरेको संस्था हो । यसका लाखौं कार्यकर्ता स्वयंसेवी भावनाबाट प्रेरित भएर रेडक्रस अभियानमा संलग्न भएका हुन् । यसैले तिनको विश्वासविपरीत पीडितका नाममा संकलित रकमको दुरुपयोग र हिनामिना गरेको तथा फजुलखर्च गरेको हो भने त्यो रेडक्रस अभियान र सदस्यहरूप्रति गरेको विश्वासघात हो । रेडक्रसको समाचार सार्वजनिक भएपछि अरू विशेषगरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको हरहिसाब हेर्ने हो भने पनि यस्तै प्रवृत्ति देखापर्ने निश्चितै छ । यसको दोष भने ती संस्थाहरू भन्दा पनि बढी सरकारलाई जान्छ । सरकारले सुरुमै साना र कम खर्चमा काम गर्ने संस्थाहरूलाई हतोत्साहित गर्ने र सेता हात्तीजस्ता ठूला संस्थालाई बढी सहज हुने नीति अपनायो । त्यसपछि पुनःनिर्माण प्राधिकरणले अलमल र तामझाममै समय खेर फाल्यो । पीडितको पहिचानको चरणमा सरकारले कार्यकर्ता र कारिन्दालाई जिम्मा दिएको पुनःस्थापना सफल हुने सम्भावना थिएन । वास्तविक स्वयंसेवीको संलग्नताविना यस्ता अभियान संसारमा कतै पनि सही अर्थमा सफल भएका छैनन् ।  सरकारले पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखमा नयाँ नियुक्ति गरेको छ । कारिन्दाको रकमी खेल र कार्यकर्ताको भागबन्डाका भरमा चलाइने पुनःनिर्माण अभियानको शैलीमा परिवर्तन नगरे फेरि पनि विफलता निश्चितै छ । पुनःस्थापना यान्त्रिक प्रकृतिको भौतिक पुनःनिर्माणमात्र हैन । यसैले अहिले विफल भइसकेको नीति, कार्यविधि र कार्यशैलीमा सुधार गर्न सकेमात्र भूकम्पपीडितको पुनःस्थापना हुनसक्छ । प्राधिकरणभित्र सुधार र सहयोगी संस्थाहरूलाई उत्तरदायी एवं पारदर्शी बनाउन सकेमा भने असफल हुनु पर्नेछैन । नत्र, नेपाललाई हाइटीकै बाटामा लैजान अहिले सम्बन्धित सबै लागेको देखिएको छ । खबरदार ! नेपाललाई हाइटीको बाटामा नलैजाऊ !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC