site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्रका ‘दाइ’ र ‘बा’
Ghorahi CementGhorahi Cement

काठमाडौं । “म मरेर चितामा पुग्दा पनि कुन फिल्म कहाँ सुटिङ भइरहेको छ र कुन फिल्मले कति व्यापार गर्यो, त्यसको रिपोर्ट लिइरहेको हुन्छु होला,” मंगलबार चलचित्र ‘लबसाशा’को प्रिमियर शोमा कुमारी हलमा बाह्रखरीसँग निर्माता माधव वाग्ले भन्दै थिए, “आज यी एक दिन कोट लगाउने अवसर प्राप्त भएको छ ।”
सेतो कोट र टाइमा ठाँटिएका वाग्ले एक छिनपछि कुमारीको स्क्रिनमा अनपेक्षित रूपमा सम्धी बनेर कलाकार र पत्रकारकारबीच उपस्थित भए । सबैले गलल्ल हाँस्दै ताली पिटे । हलको माहोल नै फरक भयो ।

नेपाली चलचित्र उद्योगमा उनलाई सबैले ‘दाइ’ भन्छन्, उनीभन्दा जेठाले पनि र कान्छाले पनि । वाग्लेको फिल्मप्रतिको समर्पण र लगावका कारण उनलाई सबैले ‘दाइ’ भनेर सम्मान गरेका हुन् ।

थोरै छन् धर्मराउँदो नेपाली चलचित्र उद्योगलाई काँध हालेर बसेका निर्माता । जो चाहे आफ्नो फिल्म घाटामा जाओस् वा नाफामा, नआत्तिकन लगानी गरिरहन्छन् ।
कुनै बेला चलचित्र उद्योग ‘आईसीयू’मा पुगेको थियो । संकटकाल लगाउने कुरा भइरहेको थियो । राज्य त्यही अनुसारको तयारी गरिरहेको थियो । त्यही बेला वाग्लेले कथा भन्ने विल्कुल नौलो शैली र नौला कलाकार तथा नौला नौजवान निर्देशकमाथि विश्वास गरे र ‘लुट’मा लगानी गरे । ‘लुट’ले फिल्म राम्रो बने बजार छ भन्ने स्थापित गरिदियो । संकटकाल नै लगाउनु परेन । वाग्ले भन्छन्, “म चलचित्रमै बाँच्ने र मर्ने मान्छे । मेरो ‘लुट‘ले राम्रो व्यापार गर्यो । त्यो मेरा कलाकारसँगै मिडियाकै कारणले हो ।” उनी लगानी गर्न जति माहिर छन्, कथा छान्न पनि त्यति नै सिपालु । र, त्यति नै चलाख छन् गफ गर्न पनि । भन्छन्, “अब फेरि ‘लुट’ को सिक्वेल आउँदैछ, त्यसमा पनि तपाईंहरूको साथको उत्तिकै अपेक्षा गरेको छु ।”

Agni Group

‘लुट’ जस्तो सोलस ड्रामामा लगानी गरेका उनै माधव वाग्ले हुन्, जसले ‘फस्र्ट लभ’ जस्तो लभ स्टोरीमा लगानी गरे । तिनै वाग्लेले लगानी गरेको ‘लभ साशा’ शुक्रबारबाट अलनेपाल रिलिज हुँदैछ ।

रगतमै चलचित्र बगाउँदै हिँड्ने अर्का निर्माता हुन्, ‘बा’ अर्थात् छविराज ओझा । अनुभवी र पाका निर्माता ओझालाई समग्र नेपाली सिनेकर्मीले नै ‘बा’ भन्छन् । चलचित्रमा उनको लामो अनुभव र लगावका कारणओझालाई सबैले ‘बा’ भनेका हुन् । ओझाले चलचित्र उद्योगमा प्रवेश गरेको पनि ३० वर्ष कट्यो । उनी भन्छन्, “म त अब चाहेर पनि चलचित्रलाई छाडेर अन्य पेशामा जान सक्तिनँ । मैले जिन्दगीमा जानेको भनेकै चलचित्र बनाउन र वितरण गर्न (बेच्न) हो ।”

Global Ime bank

बेला बेलामा नयाँ र निकै कान्छी उमेरकी नायिकाहरुसँगको सम्बन्धका कारण आलोचना र चर्चामा रहिरहने ओझा भन्छन्, “घाटा भए पनि नाफा भए पनि मैले गर्ने चलचित्रकै व्यवसाय हो । कहिले दुई चार लाख घाटा हुन्छ, कहिले दुई चार लाख नाफा हुन्छ । ७०÷७५ लाख लगानी भएको ठाउँमा दुई चार लाख घाटा हुनुलाई पनि घाटा ठान्दिनँ ।”

बलिउड फर्मुलामा चलचित्र बनाउनु ओझाको विशेषता हो । सिंगल थिएटरका दर्शकमा अझै पनि उनका चलचित्रले राम्र्रै व्यापार गरिरहेका छन् । अग्रज र अनुभवी निर्माताको छवि उनले गुम्न दिएका छैनन् ।

तस्बिरः ओझा र वाग्लेको फेसबुकबाट

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC