site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
राजनीतिक प्रयोगशालामा नेपालको संविधान
Sarbottam CementSarbottam Cement

अहिलेको मुख्य कुरा संविधानमा संशोधन गर्नुपर्ने आवश्यकता छ कि छैन भन्ने हो । संविधानमा संशोधन गरेर पुग्छ कि पुग्दैन ? संविधानको परिमार्जन गर्नुपर्ने हो कि, पुनर्लेखन गर्नुपर्ने हो कि, अर्काे संविधान लेख्नुपर्ने हो ? यस्ता शब्दको विवादमा पसेर हामी समस्याको मूल जरोमा पुग्न सक्दैनौँ ।

हामीले मुलुलकमा एकपछि अर्काे आन्दोलन र क्रान्ति गर्दै गयौँ । आन्दोलनले अर्काे क्रान्तिलाई अनिवार्य बनाउँदै गयो । तर प्रत्येक क्रान्तिले प्रतिक्रान्ति जन्माउँदै गयो । त्यो क्रान्तिले अघिल्लो क्रान्तिको उपलब्धिलाई नाश गर्दै गयो । र, नेपाल राजनीतिक व्यवस्थाको खोजीको लागि, राजनीतिक परिपाटीको खोजीको लागि एउटा प्रयोगशाला बन्यो ।

हामीले संसारभरि विभिन्न राष्ट्रमा प्रयोग भएका सबै किसिमका व्यवस्थाहरू प्रयोग गरिसकेका छौँ । विश्वमा प्रयोग भएका शासन व्यवस्थाबाट एउटा शासन व्यवस्था छानेर त्यसलाई परिमार्जित गर्दै अन्ततोगत्वा संसारका अविकसित मुलुक विकसित भइसके । तर हामी प्रयोग गर्दागर्दै अविकसितबाट झन् बढी अविकसित भएर गयौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

तपाईँलाई थाहा छ ? यही मुलुक हो जुन मुलुकले भारतलगायत विश्वका धेरै मुलुकलाई धान चामल निर्यात गथ्र्यो । अहिले यही देशमा खाने पानीदेखि नुन, चामल, तरकारी, फूललगायतका थुप्रै कुरा बाहिरबाट लिएर आउनुपरेको अवस्था छ । त्यसको सारांश यहाँमात्र परिवर्तन भइरहेको हैन । संसारमा अचम्म खालको परिवर्तन हुन थालेको छ ।

त्यो परिवर्तनको चुरो कहाँ छ भने, जब दोस्रो विश्वयुद्व समाप्त भएपछि एउटा किसिमको वातावरण थियो, मुलुक स्वतन्त्रता प्राप्त गर्ने आन्दोलनमा मात्र होमिरहेको थियो । शीत युद्व जब प्रारम्भ भएपछि त्यसको राम्ररी उपयोग गर्न सक्ने राष्ट्रहरूले आर्थिक उन्नति ह्वात्तै गरिहाले । शितयुद्वको समाप्ति भएपछिको नयाँ खालको विश्व परिस्थिति जन्म्यो, त्यो परिस्थितिमा साना मुलुकहरूको लागि संसार निर्दयी रह्यो । एउटा परिवर्तन फेरि हुन थालेको छ । त्यो परिवर्तन राम्रो वा नराम्रो के हुन्छ, त्यो तपाईँ हाम्रो खुबीमा भर पर्छ । 

Global Ime bank

यो मुलुकको हितमा ल्याउन सक्छौँ वा यो परिवर्तन हाम्रा लागि अझ अनिष्ट हुन सक्छ । तर परिवर्तन हुन थालेको छ । शितयुद्वदेखि हिजोसम्म जुन किसिमको परराष्ट्र नीति, सामरिक सुरक्षा नीति, गठबन्धन, राजनीतिक व्यवस्था, शासनशैलीमा एउटा प्रयोग भइरहेको छ । यसमा एउटा प्रश्न चिह्न खडा भएको छ कि परिस्थिति  यथावत रहन्छ वा परिवर्तन हुन्छ । 

विभिन्न मुलुकहरूको बीचमा सम्बन्धहरूको पुनर्समन्वय भइरहेको थियो, त्यसमा एकाएक रोकावट आएको छ । नयाँ खालका पुनर्समन्वयको प्रक्रियाहरू सुरु भइरहेको छ । त्यो पुनर्समन्वयको प्रक्रियाले नेपाललाई हित गर्छ वा अहित गर्छ त्यो हाम्रै खुबीमा भर पर्छ । परिवर्तनको बेला हुन लागेको समयमा हामीले राम्ररी खुबी देखाएर सम्हाल्न सक्यौँ भने मुलुकको हित हुने पक्का छ । यसैले यो समय खेर नफाल्नु नै अहिलेको मुख्य कुरा हो । यसैले समय खेर नजाओस् भन्नको लागि हाम्रो आन्तरिक  विवादलाई चाँडै टुङ्ग्याउनुपर्छ । 

आन्तरिक विवाद के हो भन्दा एउटा नयाँ व्यवस्था मुलुकमा स्थापित गर्ने प्रक्रियामा एउटा संविधान बनायौँ । संविधान बनाउने प्रारम्भमै ठूलो गल्ति भयो । संविधानको आधार गणितलाई मानेर गल्ती  गरियो । दुई तिहाई भन्दा बढी बहुमतले पास भएको संविधान भएको हुनाले यो संविधान दिगो छ । यो संविधानलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने लाल मोहर लाग्यो ।

पद्म शमशेरदेखि अहिलेसम्म ६ ओटा संविधानको हामीले प्रयोग गरिसक्यौँ । पाँच ओटा संविधान मर्दाखेरि लेखनमा सामेल भएका व्यक्तिहरू पनि मलामी जान किन तयार भएनन् ? किन त्यो संविधान मर्यो भनेर कसैले आँशु चुहाएनन् ? जवाफ के हो भने त्यो संविधानको स्वामित्व जनताले लिएनन् । यसको अर्थ जुन संविधानको स्वामित्व जनताले लिँदैनन्, त्यो संविधान शतप्रतिशतले पास गर्नुभयो भने पनि बाँच्दैन । त्यसैले यो संविधान बचाउनुछ भने त्यसको स्वामित्व जनताले लिने अवस्था ल्याउनुपर्छ । 

जुन संविधानको निर्माण हुनु अघिदेखि आन्दोलन भइरहेको छ, समाजको एउटा समुदाय आन्दोलनमा असन्तुष्ट भइरहँदा, जसले भन्छ यो संविधानले मेरो सपना पूरा गर्दैन । मेरो आवश्यकता त्यसले पूरा गर्दैन । त्यसबाट म सन्तुष्ट छैन । त्यो समुदायलाई उपेक्षा गरेर दुईतिहाई भन्दा बढीको आधारमा त्यसलाई म पालन गर्न लगाउँछु भन्छ भने त्यो संविधान जन्मिनेबित्तिकै मर्छ ।

विवाद बढ्दै गएर अब संशोधन गर्ने भन्नुभएको छ, संशोधन गर्नुस् । तर संशोधन कसको लागि गर्न लाग्नुभएको छ ? तपाईँको आवश्यकताको लागि गर्न लाग्नुभएको अथवा संविधानको असन्तुष्ट पक्ष छ, त्यसको लागि गर्न लाग्नुभएको हो ? त्यो पक्षलाई सम्बोधन गर्नुस् । त्यसलाई उपेक्षा गरेर फेरि संशोधन गर्नुहुन्छ भने यो संविधान अल्पायुको हुन्छ । अल्पायुको बन्छ भन्नेमा मलाई आपत्ति छैन । चिन्ता त मलाई यो संविधान फेल भयो भने फेरि यो मुलुक प्रयोगशाला बन्छ । 

अहिले नेपालमा हरेक क्षेत्रमा  भ्रष्टाचार बढेको छ । राजनीतिक भ्रष्टाचार बढेको छ । मैले यो राजनीतिक भ्रष्टाचार किन भनेको भन्दा संविधान केको निम्ति बन्यो ? यसका निर्माताहरुले सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको छ । जिम्मेवार पदमा बसेकाहरूले बोल्नुभएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति, नेकपा एमालेलाई प्रधानमन्त्री, माओवादीलाई ठूलो भाग दिन्छु भनेर मिलाएर निकालेको संविधान हो ।

तीन ओटा दललाई मिलाउनको निम्ति बाँडचुँडमा भएको संविधान स्वतन्त्र जनताले स्वीकार्नुपर्ने आवश्यकता किन पर्यो ? यस्तो अवस्थामा संविधानको कुन धारा संशोधन गरेर सुधार गर्नुहुन्छ । यसैले यो त्रुटि राजनीतिक भ्रष्टाचारबाट भएको छ । राजनीतिक भ्रष्टाचारको आधार भनेको राजनीतिक संस्कारबाट राजनीति गर्नेभन्दा पनि हामीले नागरिक संस्कारबाट राजनीति सञ्चालन गर्यौँ । यसले अहिले एउटा परिस्थिती बन्यो संविधान संशोधनको । असन्तुष्टहरूको माग सम्बोधन  गर्नुस् यसका लागि संविधान संशोधन गर्नुस्, परिमार्जन गर्नुस्, पुनरावलोकन  गर्नुस् तर समय थोरै छ चाँडै गर्नुुस् । ताकि संविधानको स्वीकार्यता बढाउनुस् । 

अन्त्यमा, मैले के भन्न खोजेको हो भने विखण्डनको कुरा यहाँ धेरै भएका छन् । यो कुरा धेरै गर्नु उचित हुँँदैन । केही व्यक्तिको सत्ताको लिप्सालाई चित्त बुझाउनका लागि मुलुकको भविष्यसँग खेल्नु उचित हुँदैन । कति प्रतिशतले संविधान पारित गर्यो यसले कुनै अर्थ राख्दैन । अर्थ केमा राख्छ भने, जब त्यसको स्वीकार्यता आमजनताले लिन्छन् । जसको स्वामित्व आम जनताले भोग्छन् । जब त्यसले सबै वर्ग, समाज, नागरिकलाई चित्त बुझाउँछ । मेरो भविष्य यो संविधानका पालनामा हुन्छ भन्ने ठान्छ । जब संविधान सबैले पालन गर्नेपट्टि लाग्छन् र संविधान राष्ट्रका लागि लेखेको हो भन्ने ठान्छन् तब यो संविधान कार्यान्वयन हुने बाटोमा लाग्छ । 
(संविधान संशोधनका विषयमा आयोजित अन्तरक्रियामा  पाण्डेले  राखेको धारणाको अंशः)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC