site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘क्याविनेट’को पत्र ‘च्यातिदिनु’ भन्ने निर्देशन दिएँ : रुक्मांगद कटवाल
Ghorahi CementGhorahi Cement

मेरो भित्रै आत्मादेखि नै लागेको कुरा के हो भने पृथ्वीनारायण शाहको योगदान नभएको भए आज म नेपाली भएर बाँच्न सक्ने थिइनँ । अहिले हामी स्वतन्त्र देशको स्वतन्त्र नागरिक छौं ।

पृथ्वीनारायण शाह नभएको भए स्वतन्त्र देशको स्वतन्त्र नागरिक भएर बाँच्न सायद म जस्तो अर्थात् जो कोही नेपाली पनि सक्दैनथ्यौं होला ।
यो मेरो भित्रि आत्माको सानो हेराइ, बुझाइ र अध्ययनले विश्वास दिलाएको कुरा हो ।

नेपालमा कुनै बेला यस्तो समय पनि आयो, पृथ्वीनारायण शाहकै शालिकहरु फुटाउन थालिए । नेपालको झण्डा बदल्नुपर्छ भन्न थालियो । पशुपतिनाथको मन्दिर नै परिवर्तन गर्नुपर्छ अर्को राख्नुपर्छ भन्ने खालका कुरा पनि उठे । 
त्यस्तै बेलामा मन्त्रिपरिषद्बाट एउटा निर्णय पारित पनि भयो ।  

Agni Group

त्यो निर्णयमा राजा रजौटाका फोटाहरू तुरुन्त हटाउनु भन्ने निर्णय भयो । त्यो निर्णय मेरो अफिसमा पनि आइपुग्यो ।

मलाई मेरा स्टाफहरुले पनि पत्रको बारेमा जानकारी गराए । पत्रमा के छ भनेर मैले सोधें ? ‘राजा रजौटाको कुनै पनि फाटो नराख्नु’ भन्ने उल्लेख छ भनेर उनीहरुले सुनाए ।
मलाई त्यो हेर्न मन पनि लागेन । त्यसबेला नै मैले मेरा ती स्टाफलाई तिमी बाहिर जाऊ, म एकछिनमा बोलाउँछु भनेर भनें ।

Global Ime bank

अनि विचार गरें । नेपालको झण्डा फेर्ने, पशुपतिनाथको मन्दिर फेर्ने, पृथ्वीनारायण शाहको शालिक तोड्ने भनेपछि हाम्रो इतिहास, धर्म, भाषा सबै परिवर्तन हुने हो भने हाम्रो पहिचान के हुने त भन्ने मेरो मनमा एकाएक आयो ।
हाम्रो स्वाभिमान अब के हुन्छ ? हामी के भएर बाँच्ने त ? मेरो मनमा एउटा सोच आयो । जे होला होला, तर पृथ्वीनारायण शाहको फोटो हटाउने निर्णय मान्न हुँदैन भन्ने निष्कर्षमा म पुगें ।

मेरा सिनियर अफिसरहरुलाई पनि बोलाएँ । यो त अति भयो ‘पृथ्वी नारायण शाहको फोटो हटाउने निर्णय सम्बन्धी चिठी च्यातेर फालिदिनु’ भनेँ । म त्यसबेला रिटायर्ड हुन पनि लागेको थिएँ ।

मैले भनेँ, ‘पृथ्वी नारायण शाह र जति पनि राजा रजौटाको फोटाहरु छन्, त्यो नहटाउनु । इतिहास मेटेर मेटिँदैन । बेलायत, जर्मन, फ्रान्स, भारत, पाकिस्तान, बंगलादेशलगायत देशमा पनि आ–आफ्नै इतिहास छन् ।

यो क्याविनेटको निर्णय अमान्य छ, हामी मान्दैनौं भनेर हामी निष्कर्षमा पुग्यौं । त्यही दिन रातारात गरेर आर्मी हेडक्वाटरमा रहेको सभामण्डपमा दाहिनेपट्टी पृथ्वी नारायण शाहको र बाँयापट्टी भानुभक्तको ठूला फोटो बनाएर तुरुन्त राख्ने निर्णय भयो ।

नेपाली सेनाका देशभर रहेका ब्यारेकमा पृथ्वी नारायण शाहको तस्बिर कहीँ छैन भने तुरुन्त राख्नु भनेर परिपत्र गरियो । 
त्यसबेला पृथ्वी नारायण शाहले यो देश निर्माणको इतिहास सुरु गरेर नेपाली सेना र नेपाली जनताको अगुवाइ गरेको कुरा कुनै पनि हालतमा बिर्सन मिल्दैन ।
त्यसको साथसाथै प्रजातन्त्रको सुरुवात पनि उहाँले नै सुरुवात गर्नुभएको हो, जानी नजानिकन ।

सबै जातजाति भाषालाई उहाँले सबै नेपालीको हो भन्ने एउटा सुरुवात पनि गरिदिनुभयो । आज भन्दा करिब तीन सय वर्ष अघिको अवस्था कस्तो थियो होला ? त्यसबेला मानवअधिकारको अवस्था थिएन । तर पनि उहाँले जात जातिको कुरा गरेर सबैलाई मिलाएर राख्नुभएको थियो ।

उहाँ त्यसबेला वनारस जाँदा विराज बखतजीले उहाँलाई खुसी पार्नुभएछ । 
फर्केर आएपछि त्यसबेलाको प्रधानमन्त्री बनाइदिन्छु भनेर पृथ्वी नारायण शाहले भन्नुभएछ । तर उहाँ पछिको कुरा पनि सोच्ने व्यक्ति हुनुहुन्थ्यो । त्यसपछि उहाँले सबै भाइ भारदार र जनतासँग बुझेर मात्रै निर्णय गर्छु भनेर हिँड्नुभएछ ।

त्यसपछि सबैले कालु पाँडे सबैभन्दा ठिक हो, यो विराज बखत चाप्लुसे छ भनेर भनिदिएछन् । कालु पाँडेलाई सबैले राम्रो भनिदिएछन् । तर पृथ्वी नारायण शाहले कालु पाँडेलाई व्यक्तिगत रूपमा मन नपराउने अवस्था थियो रे, यो सुन्नमा आएको कुरा हो ।

तर जनताले भनेकै व्यक्तिलाई बनाउनुपर्छ भनेर उहाँले मन नपराए पनि कालु पाँडेलाई अघि सार्नुभयो । त्यो नै प्रजातन्त्रको जग थियो । जनताको कुरा काट्न हुँदैन भन्ने उहाँमा त्यो बेला नै लागेको थियो । यसलाई प्रजातन्त्रको जग मान्नुपर्छ । 
त्यसको साथसाथै केही मुस्लिमलाई सेनामा ल्याउनुभयो । नेपाली सेनाको सुरुवाती समयमा उनीहरुलाई सबै गोलिगट्ठाको जिम्मा दिनुभयो । त्यसको साथसाथै उहाँले गोरखा राज्य र गोरखा सेना भन्नुपर्ने थियो नि, त्यो भन्नुभएन ।

उहाँले नेपाली सेना भन्नुभयो । नेपाल राज्य भनेर शाक्यको छोरीलाई बिहानै गएर गोडामा ढोग गर्नुभयो भन्ने इतिहास छ ।

नेपाललाई पनि उहाँले जसरी व्याख्या विश्लेषण गर्नुभयो । त्यसलाई पनि राम्रोसँग बुझ्नुपर्छ । उहाँले त्यसबेला धेरै सोचेरै निर्णय गर्नुभएको रहेछ । त्यसैले पनि आजको दिनलाई राष्ट्रिय एकता दिवस मनाउनुपर्ने रहेछ भन्ने सरकारले बुझ्नुपर्ने हो ।
हामीलाई लागेपछि त्यसबेला नेपाली सेनाले त्यस्तो निर्णय गरेको हो । उहाँको शालिक फुटाउँदा नेपाली सेना कानुनभन्दा बाहिर गएर केही गर्न सक्ने अवस्थामा थिएन ।

मनमा त्यसबेला पनि चोट नपुगेको होइन तर नेपाली सेना पनि कानुनमा बसेर काम गर्नुपर्ने हुन्छ । 
अहिले पनि म राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भनेर हिँडेको हुँ । नेताजीहरुले पनि यो कुरा हो भन्नुहुन्छ । व्यक्तिगत रूपमा कुरा गर्दा सबैले हो यो राम्रो कुरा हो भन्नुहुन्छ । 
एकपटक वर्तमान राष्ट्रपति एवम् तत्कालीन मन्त्री मेरो अफिसमा आएर यसबारेमा केके कुरा पनि गर्नुभयो ।

लेनिन, स्टालिनको विषयमा कुरा हुँदा उहाँलाई मैले त्यसबेला पनि पृथ्वी नारायण शाहका बारेमा भनेको छु । उहाँले नम्र र भलाद्मी भावमा भन्नुभयो । उहाँ मृदुभाषी पनि हुनुहुन्छ, उहाँले पनि त्यसबेला नै भन्नुभएको थियो– पृथ्वी नारायण शाहलाई मैले पनि मान्छु । 

पृथ्वी नारायण शाह भविष्य सोच्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । त्यसबेलाको अवस्थामा पनि चार वर्ण ३६ जात भन्नुहुन्थ्यो । सबै भाषा, भाषी, भेग, धर्म, सबै नेपालीलाई एकतावद्ध रुपमा राख्न नेतृत्व त्यसबेला नै गर्नुभएको रहेछ ।

संसारमा जुन देशको पनि राष्ट्रिय पर्व हुन्छ । उहाँको फोटो कागजी नोटहरुमा राख्नुपर्छ भन्ने हाम्रो धारणा रहँदै आएको छ । नागरिक समूहले आज ठूलो कार्यक्रम गर्दैछ । यो कोही व्यक्तिको होइन, सबैलाई समेट्ने पर्वका रूपमा लिनुपर्छ । 

हामी सबैलाई समेट्ने राष्ट्रिय प्रतीक के त ? हाम्रो स्वाभिमानको प्रतिक के हो त ? उहाँले हिमाल, पहाड र तराई मधेस केही पनि भन्नुभएन । नेपाल सबै नेपालीको साझा सम्पत्ति हो भन्ने अवधारणा ल्याएको हुनाले उहाँलाई एकताको प्रतीकको रूपमा मान्नुपर्छ ।  

एकदिन सबै नेतालाई हामीले गल्ती गरेछौं भन्ने लाग्नेछ । अहिले पनि कतिपय नेताले हो हामीले गल्ती गरेछौं भन्नुहुन्छ तर पब्लिकमा बोल्न हिच्किचाउनुभएको छ ।
हामी विदेशको कुनै पनि ठाउँमा पुग्दा नेपालको राष्ट्रिय पोशाक के हो भनेर कसैले सोध्दा भोटेले आफ्नै, पहाडियाले आफ्नै, तराईको आफ्नै हुने हो भने सबै नेपालीले के जवाफ दिने ?

(बाह्रखरीका लागि बलराम पाण्डेसँग गरेको कुराकानीमा अाधारित)
तस्बिर : twitter.com/genkatawal

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC