site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओबामाको बिदाई सम्बोधन–समर्थकले अझै चार वर्ष भनेर चिच्याए
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो आठ वर्षे राष्ट्रपतीय कार्यकालको अन्तिम दिनतिर आइपुग्दा बिदाई सम्बोधन गरेका छन् ।
आफ्नो गृहराज्य सिकागोबाट केहीबेर अघि राष्ट्रको नाममा बिदाई सम्बोधन गरेका हुन् । सम्बोधनमा गएका आठ वर्षमा अमेरिका अझ धेरै बलियो र राम्रो भएको बताएका छन् ।
अमेरिकाको पहिलो काला वर्णका राष्ट्रपतिको रुपमा उनले सन् २००८ मा आशा र परिवर्तनको नारा लिएर सत्ता सम्हालेका थिए । सो सम्बोधनका क्रममा उनले  डोनाल्ड ट्रम्पको जीतबाट निरुत्साहित भएका आफना समर्थकलाई देशको भविस्यप्रति आशावादी हुन आग्रह गरेका छन् ।

उनले आफ्नो भाषणको क्रममा जनतालाई आफू पनि अबका दिनमा उनीहरु जस्तै एक नागरिक भएर बस्ने बताएका थिए । उनले प्रजातन्त्रका लागि गरिने काम सधै कठिन,  विवादित तथा  कठोर हुने बताए ।

Agni Group

साथै उनले यदि हामी डरसँग झुक्यौं भने प्रजातन्त्र पनि समाप्त हुने बताएका थिए । ओबामाले अमेरिकी जनतालाई प्रजातन्त्रको रक्षा गर्न आग्रह पनि गरेका थिए ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले मौसम परिवर्तनलाई नकार्ने अभिव्यक्ति दिएको सन्दर्भमा ओबामाले जलवायु परिवर्तनलाई नकार्नु भविस्यको पूस्तालाई ढाँट्नु भएको बताएका थिए ।
सम्बोधनका क्रममा ओबामाले अमेरिकाको विश्वमा रहेको प्रभाव चीन र रसियासँग दाज्न नसकिने बताउँदै त्यो प्रभाव अमेरिकाले नत्यागेसम्म रहिरहने दाबी गरे ।
उनले  देशका मुस्लिम अमेरिकन विरुद्धको भेदभावलाई अस्वीकार गर्ने बताए ।
आफ्नो राष्ट्रपतिय कार्यकालमा कुनै पनि विदेशी आतंककारीले अमेरिकी माटोमा आक्रमण गर्न सफल नभएको बताए । उनले अमेरिकामा जातिय भेदभाव अझै पनि विभेदकारी शक्तिको रुपमा रहेको बताएका छन् ।

ओबामाले शक्तिको सहज हस्तान्तरणको प्रतिज्ञा गरेका थिए । उपस्थित सहभागीहरुले अझै चार वर्ष भनेर चिच्याउँदा आफूले सो काम गर्न नसक्ने बताएका थिए । 
उनले भने, “सहज रुपमा शक्तिको हस्तान्तरण अमेरिकी प्रजातन्त्रको एक बिशेषता हो ।” तर उनले भने यदि सबैले आर्थिक अवसर प्राप्त गनुपर्छ भन्ने होस भएन भने अमेरिकाको प्रजातन्त्र नचल्ने चेतावनी पनि दिए । जनवरी २० मा ट्रम्पले अमेरिकाको राष्ट्रपतिको कार्यकाल सुरु गर्दैछन् ।

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC