site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तत्कालीन राजा ज्ञानेन्द्र भन्छन् – नेपालै नबच्ने अवस्था आयो !  
Ghorahi CementGhorahi Cement

बाइसे र चौबीसेलगायत छरिएका विभिन्न राज्यलाई एकीकरण गरेर एउटै देशको रूपमा नेपाल राष्ट्रको स्थापना गर्ने बडामहाराज पृथ्वीनारायण शाहको स्मृतिमा पुस २७ मनाइने राष्ट्रिय एकता दिवसको अवसर पारेर तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको एकता जोगाउन एक हुनका लागि सबैलाई आह्वान गरेका छन् ।

ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई धेरै पत्रिकाले प्रथम पृष्ठमा प्रकाशित गरे यसलाई मुख्य समाचार भने हिमालय टाइम्सले मात्र बनाएको छ ।

पहिलेका राजालाई कति स्थान दिँदा ठीक हुन्छ भन्ने विषयमा सबै पत्रिकाको न्युज रुममा छलफल भएको हुनुपर्छ ।

Agni Group

किनभने गणतन्त्रात्मक देशमा तत्कालीन राजाको भनाइलाई महत्व दिँदा त्यसको प्रतिक्रिया कस्तो आउला भनेर सम्पादकले विचार गर्नु स्वाभाविक हुन्छ । 

विगत तीन सातामा दोस्रो पटक विज्ञप्ति जारी गर्दै देशको अवस्थामा चिन्ता प्रकट गरेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूले जनताको इच्छाअनुसार राजगद्दी त्यागेको तर देशप्रतिको जिम्मेवारीबाट आफू अलग नभएको भन्दै राजनीतिक गतिविधिलाई आफूले सूक्ष्मरूपमा अनुगमन गरिरहेको प्रदर्शन गर्न खोजेका छन् ।

Global Ime bank

ज्ञानेन्द्र शाहले आफूले शासन छाडेको दस वर्ष नबित्दै देश चरम संकटमा परेको भन्दै नेपालीको सद्भाव, एकता र प्रेमको डोरीले मात्रै नेपालीको अस्तित्व र पहिचान जोगाउन सक्ने उल्लेख गरेका छन् ।

पृथ्वीनारायण शाहको वंशज एक जना नेपालीका रूपमा आफ्नो परिचय दिँदै उनले नेपाल र नेपालीको अस्तित्व रक्षाका लागि राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन सबैलाई आह्वान पनि गरेका छन् ।

ज्ञानेन्द्र शाहको समाचारलाई राजधानीले मुख्य समाचारभित्र बक्स बनाएको छ । नेपाल बन्न नसकेको मात्र होइन अब बच्नै नसक्ने अवस्थामा पुगेको भनेर पूर्व राजाले व्यक्त गरेका विचारलाई राजधानीले सो समाचारमा समेटेको छ ।

तर पूर्व राजाको समाचारको माथि ‘गणतन्त्रको दशक नबित्दै चर्चित पृथ्वीनारायण’ शीर्षकमा राजधानीले संसद्, मन्त्रिपरिषद्, सभा समारोह र सामाजिक सञ्जालमा शाहको चर्चा बढेको समाचार प्रकाशित गरेको छ । 

ज्ञानेन्द्र शाहको समाचारलाई अन्नपूर्ण पोस्टले मुख्य फोटो तल प्रस्तुत गरेको छ भने नयाँ पत्रिकाले दुई कोलममा प्रथम पृष्ठको एन्कर बनाएको छ । त्यस्तै कमाण्डर पोष्टले पनि प्रथम पृष्ठमा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई स्थान दिएको छ ।

कान्तिपुर, नागरिक तथा गोरखापत्रले भने तत्कालीन राजाको वक्तव्यलाई प्रथम पृष्ठमा कुनै स्थान दिएका छैनन् । 

सांसद बैंक संचालक बन्न नपाउने

संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको समाचारलाई हिमालय टाइम्सले पाँच कोलमको समाचार बनाएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बाफिया विधेयक मंगलवार संसद्को बहुमतले पारित गरेको थियो ।

उक्त ऐनमा संवैधानिक निकायमा पद धारण गरेको व्यक्ति बैंकको संचालकमा बस्न नपाउने प्रावधान राखिएको टाइम्सले जनाएको छ । यो विषयमा निकै धेरै छलफल र विवाद भएको थियो ।

त्यस्तै यो ऐनमा दस वर्ष पुगेको संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउने व्यवस्था पनि रहेको छ । त्यस्तै बैंक तथा बिमाको संचालक एकै जना हुन नपाउने व्यवस्था पनि छ ।

हिमालय टाइम्सले यो ऐनबाट सांसद तथा बैंक संचालकसमेत रहेका उमेश श्रेष्ठ, इच्छाराज तामाङ, उदय नेपाली श्रेष्ठ, वीरेन्द्र महतो तथा मोहनबहादुर बस्नेतलाई नैतिक संकट पर्ने भनेर पनि लेखेको छ । 

रेडक्रसद्वारा भूकम्प पीडितको रकम चरम दुरुपयोग

बुधबारको नागरिक दैनिकमा संगीत संग्रौलाले कसरी रेडक्रसले भूकम्प पीडितको नाममा आएको रकमको चरम दुरुपयोग गरेको छ भनेर समाचार लेखेका छन् ।

पीडितको नाममा आएको रकमबाट रेडक्रसले कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलब भत्तालगायत शीर्षकमा जथाभावी खर्चिएको फेला परेको छ भनेर नागरिकको मुख्य समाचारमा उल्लेख गरिएको छ ।

रेडक्रसले सो पैसाबाट २०० मोटरसाइकल र स्कुटर खरिद गरेर ६ करोड १० लाख खर्च गरेको, १० वटा कार खरिद गर्न करिब पाँच करोड खर्चेको, ३६ करोडमा ट्रक खरिद गरेको, ४ करोडमा साइकल खरिद गरेको तथा करिब २६ करोडको ल्यापटपमात्र खरिद गरेको पनि समाचारमा विस्तृत जानकारी दिइएको छ । 

सम्पादकीय

आज पुस २७ गतेको पृथ्वी जयन्तीको सन्दर्भमा कमाण्डर पोष्टले मात्र सम्पादकीय लेखेको छ । सो सम्पादकीयमा मुलुक दिनानुदिन कमजोर हुनुमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको कमजोरी नभई उनीपछिका शासकको बदमासी भएको जनाएको छ ।

पृथ्वीनारायण शाहको दिव्योपदेशको अनुसरण गरिएको भए आज मुलुकको यो दुर्दशा हुँदैनथ्यो भन्दै अझै पनि ती दिव्योपदेशको सान्दर्भिकता भएको कमाण्डर पोष्टले जनाएको छ ।

बुधबार अन्नपूर्ण पोस्टले त्रिभुवन विमानस्थलबाट भएको तस्करीको विषयलाई सम्पादकीयमा समेटेको छ । पोस्टले सुन तस्करीमा संलग्न हुने र तिनका हाकिम को को हुन्, सबैलाई कारवाही गर्न माग गरेको छ ।

कान्तिपुरले स्वास्थ्य सेवामा सुधारको खाँचो भएको विषयमा सम्पादकीय लेखेको छ भने राजधानीले निर्वाचन हुने विषयमा सन्देह सुरु भएको भनेर टिप्पणी गरेको छ ।

गोरखापत्रले ‘नेपालको पानी, जनताको लगानी’ अवधारणाको विषयमा सम्पादकीय लेख्दै यसले सकारात्मक प्रतिफल दिने आशा व्यक्त गरेको छ । 

नागरिकले पूर्वाधार विकासमा आएका व्यवधानका विषयमा सम्पादकीय लेख्दै पूर्वाधार विकासले प्रभावित जनतालाई उपयुक्त क्षतिपूर्ति दिँदै काम अघि बढाउन सो दैनिकले सल्लाह दिएको छ ।

नयाँ पत्रिकाले किसानलाई पेन्सनको व्यवस्था गर्ने अवधारणालाई सकारात्मक भन्दै सम्पादकीय लेखेको छ भने हिमालय टाइम्सले राजनीतिबाट अपराध हटाउन आह्वान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC