site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारतीय फिल्मफेयर अवार्डमाथि प्रश्न– बिक्रीका लागि हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सञ्जालको ट्रेण्डले अभियानको सिर्जना गर्छ । र, यो अहिले कानुनी, सामाजिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय आन्दोलनका रुपमा प्रयोग हुने प्लेटफर्म पनि बन्दै गइरहेको छ । 
सामाजिक सञ्जालबाट व्यक्त धारणा पनि राजनीतिक, प्रसासनिक र कार्यान्वयनको क्षेत्रमा ‘रामवाण’ सावित भएको छ । नेपालकै परिप्रेक्ष्यमा कुरा गर्ने हो भने, भारतीय नाकाबन्दी पछि सवारी साधनको प्रयोगमा ह्रास आयो । 

सार्वजनिक सवारीसमेत भीड हुने र यात्रा गर्न जोखिम हुने भयो । यस्तै सामाजिक सञ्जालको अभियानले ‘लिफ्ट दिने र लिने’ अभियान सुरु गर्यो । यसले जनजीवन सामान्य बनाउन बल पुग्यो । 

यसले सूचना दिने, सुसुचित बनाउने र जनचेतना जगाउने काम त गर्यो नै कतिपय उद्धारका क्षेत्रमा पनि सामाजिक सञ्जाल लाभदायी भएको छ । यसका नकारात्मक पाटोको विश्लेषण पनि छुट्टै तरिकाले गर्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना प्रिय नायक अक्षय कुमार उत्कृष्ट नायकमा छनोट नभएपछि फिल्मफेयर अवार्डमाथि नै प्रश्न उठाएका छन् । हुन त अक्षयले सन २०१६ मा राम्रा चलचित्रमा राम्रो अभिनय गरेको यस अघि मिडियाले पनि लेखेकै छन् । 

आउनुहोस् हामी पनि हेरौँ किन र कसरी उठ्यो ट्वीटरमा यो ट्रेण्ड ‘फिल्मफेयर अवार्ड्स अन सेल’ एनडीटीभी डट कम लेख्छः

Global Ime bank

फिल्मफेयर अवार्ड्स भन्नेबित्तिकै सबैलाई यसको पर्खाइ हुन्छ । तर, यो वर्ष यो अवार्डको घोषणा हुने बित्तिकै विवाद सुरु भइहाल्यो । 
जब यो वर्ष फिल्मफेयर अवार्डको छनौट (नोमिनेशन) घोषणा भयो ट्वीटरमा यस विषयलाई लिएर आलोचना सुरु भयो । खासगरी यसका कारण हुन्, अक्षय कुमार ।
नोमिनेशनको यो सूचीमा ‘बेस्ट एक्टर’ को श्रेणीमा अक्षय कुमारको नाम अटाएको थिएन कि, उनका फ्यानहरुले यो अवार्डलाई बिकाउको बिल्ला भिराइदिए । 
यो नोमिनेशनमा अक्षयको नाम नभएका कारण उनका फ्यानहरुले आलोचना गरेका छन् । र, ‘फिल्मफेयर अवार्ड्स अन सेल’ ट्वीटरमा ट्रेण्ड सुरु गरे । 

वास्तवमा गतवर्ष अक्षय कुमारका २ चलचित्र ‘एयरलिफ्ट’ र ‘रुस्तम’ रिलिज भए । यी दुवै चलचित्रमा अक्षयको अभिनयको तारिफ भयो । 
तर, अक्षयलाई ‘बेस्ट एक्टर’ को श्रेणीमा नोमिनेशन गरिएन । 
यसका साथै यस विषयमा अकेडमी अवार्डस्को सुरुआती नोमिनेशनमा आफ्नो स्थान बनाइसकेको चलचित्र ‘सरबजीत’ का रणदीप हुड्डालाई पनि यो श्रेणीमा स्थान दिइएको थिएन । 

यता आमिर खानको चलचित्र ‘दंगल’ लाई उत्कृष्ट चलचित्र र आमिरलाई बेस्ट एक्टरको श्रेणीमा नोमिनेशन त गरियो तर, आमिरका छोरी अरु कोही कलाकारलाई नोमिनेशन गरिएन । 

फिल्मफेयरको यस नोमिनेशनलाई सोमबार मुम्बईमा आयोजना गरिएको एउटा पार्टीमा सार्वजनिक गरिएको थियो । 
सर्वश्रेष्ठ अभिनेताको कुरा गर्दा यसपटक फिल्मफेयरमा तीन खानमध्ये सलमानलाई सुल्तानका लागि, शाहरुखलाई फ्यानका लागि र आमिरलाई दंगलका लागि नोमिनेट गरियो । 
यसका साथै रणवीर कपुरलाई ‘ए दिल है मुस्किल’, शाहिद कपुरलाई ‘उड्ता पन्जाब’, सुशांत सिंह राजपुतलाई ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ र, अमिताभ बच्चनलाई ‘पिंक’को लागि यो श्रेणीमा नोमिनेट गरियो । 

नोमिनेशन हेर्नुहोस्:

उत्कृष्ट चलचित्र
दंगल
कपुर एन्ड सन्स
नीरजा
सुल्तान
उड्ता पन्जाब

उत्कृष्ट निर्देशक
अभिषेक चौबे– उड्ता पन्जाब
अली अब्बाज जफर – सुल्तान
करण जौहर – ए दिल है मुस्किल
नितेश तिवारी– दंगल
राम माधवानी– नीरजा
शकुन बत्रा– कपुर एण्ड सन्स

उत्कृष्ट कलाकार (पुरुष)
आमिर खान– दंगल
अमिताभ बच्चन– पिंक
रणवीर कपुर– ए दिल है मुस्किल
सलमान खान– सुल्तान
शाहरुख खान– फ्यान
शाहिद कपुर– उड्ता पन्जाब
सुशान्त सिंह राजपुत– एमएस धोनीः द अनटोल्ड स्टोरी

उत्कृष्ट कलाकार (महिला)
ऐश्वर्या राय बच्चन– सरबजीत
आलिया भट्ट– डियर जिन्दगी
आलिया भट्ट– उड्ता पन्जाब
अनुष्का शर्मा– ए दिल है मुस्किल
सोनम कपुर– नीरजा
विद्या बालन– कहानी २
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC