site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ताः दशक नवित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने अवस्था आयो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको नभइ नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको हुँदा नारायणहिटीबाट बाहिरिएको बताएका छन् ।
२९५ औं पृथ्वी जयन्तीका अवसरमा उनले शुभकामना दिँदै यस्तो बताएका हुन् ।
“स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसूस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं । दशक नवित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं ,” उनले शुभकामना सन्देशमा भनेका छन् । 
उनले देश कसैको क्रिडास्थल नभएको र हुन पनि नसक्ने बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्–‘देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोँचका साथ देशभक्त नेपालीहरुले एकतावद्ध भई सद्भाव,देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ । नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशभाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नुपरेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिष्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदै छौं । विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनैपर्छ ।’
उनले शुभकामना सन्देशमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन आब्हान गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७३  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC