site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाको अधिकतम ब्याजदर तोकेको छ । अब लघुवित्तले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याज लिन पाउनेछैनन् ।
राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै कोषको लागतमा ४ प्रतिशत प्रशासनिक लागत थप गर्न पाउने व्यवस्था गरेको छ । कोषको लागत ७ प्रतिशतमा थप ४ प्रतिशत थप गरी ११ प्रतिशत पुर्याइएको छ । 
लघुवित्त संस्थाका सदस्यबाट लिइने निक्षेप र कर्जाबीचको अन्तर (स्प्रेड) दर ७ प्रतिशत कायम गरिएको छ । हाल तोकिएको भन्दा बढी दरमा ब्याज लिएको भए आगामी असारसम्म व्यवस्थापन गर्न केन्द्रीय बैंकले लघुवित्त संस्थालाई निर्देशन दिएको छ । निर्देशन पालना नभए कारबाही गर्ने चेतावनी पनि उसले दिएको छ ।
मुलुकमा सञ्चालित विभिन्न लघुवित्त संस्थामा सर्वसाधारण र बैंक÷वित्तीय संस्थाका गरी ७० अर्ब रुपैयाँ लगानी छ । यसमध्ये २४ अर्ब रुपैयाँ सर्वसाधारणको र बाँकी ४९ अर्ब बैंक÷वित्तीय संस्थाको हो । साढे ५ अर्ब रुपैयाँ स्वपुँजी लगानी भएको छ । देशभरि ४६ लघुवित्त संस्था सञ्चालनमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७३  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC