site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी हुने पक्का, १६ समूहमा विभाजन गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं  सन् २०२६ को विश्वकप फुटबलमा अहिलेसम्मकै बढी ४८ राष्ट्र सहभागी हुने भएका छन् ।  विश्व फुटबल महासंघ (फिफा) ले मंगलबार विश्वकपमा ४८ राष्ट्र रहने प्रस्ताव पारित गरेसँगै विश्वकपमा ४८ टिमको सहभागिता रहने भएको हो ।

फिफा अध्यक्ष गियानी इन्फान्टिनोले गत कार्तिकमा विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका थिए । इन्फान्टिनोले गएको फेब्रुअरीमा फिफा अध्यक्ष बन्दा विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्याउने बताएका थिए । फिफाको मुख्यालय जुरिचमा मंगलबार बसेको फिफाको काउन्सिल बैठकले अध्यक्षको प्रस्ताव अनुमोदन गरेसंगै विश्वकपमा ४८ राष्ट्रले प्रतिस्प्रधा गर्ने भएको हो ।  

यसअघिका विश्वकपमा ३२ टोलीको सहभागिता रहँदै आएको थियो । आगामी सन् २०२६ मा हुने विश्वकपको आयोजक राष्ट्र भने तय भएको छैन । त्यसअघि सन् २०१८ मा रसिया र २०२२ मा कतारमा हुने विश्वकप भने अहिलेकै ढाँचाअनुसार हुनेछ । उक्त विश्वकपमा ३२ टिम नै सहभागी गराउने फिफाको योजना छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फिफाको काउन्सिल बैठकले ४८ टोली रहने निर्णय पारित पछि विश्वकपको समूह चरणमा १६ समूह रहने छन् ।  प्रत्येक समूहमा ३ राष्ट्र रहने छन् ।  अब विश्वकपमा ८० वटा खेल हुनेछन् । प्रत्येक समुहका शिर्ष दुइ टोलि नक आउट चरण (अन्तिम ३२) मा पुग्ने छन् ।  समूह चरणबाट १६ टिम बाहिरिने छन् । त्यसपछिको प्रतिस्पर्धा अहिलेकै संरचनमा हुनेछ ।

हालसम्म विश्वकपको सहभागी टोलीको वृद्धि:

Global Ime bank

मिति          सहभागी राष्ट्र     आयोजक राष्ट्र      खेल संख्या
सन् १९३०    १३                  उरुग्वे                 १८
सन् १९३४    १६                 इटाली                 १७
सन् १९५०    १५                 ब्राजिल                २२
सन् १९५४    १६                स्विजरल्याण्ड        २६
सन् १९७४    १६                जर्मनी                 ३८
सन् १९८२    २४               स्पेन                     ५२
सन् १९८६    २४               मेक्सिको              ५२
सन् १९९८    ३२               फ्रान्स                  ६४
सन् २०२६    ४८              तोकिएको छैन        ८०

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७३  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC