site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
hJ7MDsa1OoY
Ghorahi CementGhorahi Cement

काठमाडौं । व्यवस्थापिका–संसद्को बैठक ३८ दिनपछि विरोधका बीच संसद् सुचारु भएको छ ।
३८ दिनपछि संसद्को बैठक सुचारु भएको हो । संसद्को आइतबारको बैठकअघि बसेको तीन दलका शीर्ष नेताको बैठकमा पनि आ–आफ्नो अडान कायम राखेका थिए ।
कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्तामा पनि आ–आफ्नै अडान कायम राखेपछि बैठक निष्कर्षमा पुग्न सकेन ।
त्यसपछि ओली र दाहालबीच छुट्टै छलफल भएको थियो । दिउसो ३ बजे बसेको दोस्रो बैठक कार्यसूचीमा सामान्य फेरबदल गर्दै अघि बढाइएको थियो ।
बैठक सुरु हुनासाथ कानुनमन्त्री अजय शंकर नायकले निर्वाचन सम्बन्धी विधेयक टेबल गरेका थिए ।

त्यसपछि निलम्बित अवस्थामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा  बोल्न चाहेका सांसदहरुले नाम फिर्ता लिएपछि समितिमा पठाइएको थियो ।

Agni Group

सभामुखलले त्यसपछि संविधान संशोधन विधेयक अघि बढाउने प्रयास गरेपछि विपक्षमा रहेका ९ दलका सांसदहरु उठेका थिए । विरोधका बाबजुद सभामुख ओनसरी घर्तीले विरोधको सूचना दर्ता गराएका नेमकिपाका नेता प्रेम सुवाललाई बोल्नका लागि समय दिइन् । उनले विरोधको सूचना दर्ता गराउनुपर्नाको कारण खोतल्दै तत्काल विधेयक फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।

राजमोका अध्यक्ष चित्र बहादुर केसीले भने विरोधको सूचना नदिई उभिइरहे । सभामुखले संसद्को बैठक रोक्दै नरोकि अघि बढाइरहिन् ।
नेकपा एमालेसहित ९ दलका सांसदहरुको चर्को विरोधका बाबजुद पनि सभामुखले कानुनमन्त्री नायकलाई संविधान संशोधन प्रस्ताव टेबल गर्न समय दिएकी थिइन् ।
स्रोतका अनुसार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भएको छलफलमा विरोधका बाबजुद बैठक अघि बढाउने  सहमति भएको थियो । शीर्ष नेताको बैठकमा रहेका एमाले अध्यक्ष ओली संसद्को बैठक सुरु हुनु अगावै बाहिरिएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७३  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC