site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ विमानस्थलमा सुन ‘सेटिङ’को रहस्य, हाकिमसँग हैन तस्करसँग बिदा माग्छन् भन्सारका कर्मचारी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गएको बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेपछि सुन तस्करहरूबीच ठूलै हल्लीखल्ली मच्चिएको छ ।

विमानस्थलभित्रका सारा सुरक्षा घेरा पार गरेर गोल्डेनगेट आइसकेको सुनसहित सुन बोक्ने ‘भरिया’ र नेपालमा सुन जिम्मा लिएर तस्करसम्म पुर्याउने ३ जना पक्राउ परेका थिए । यसअघिका सुन बरामद प्रकरणमा प्रहरीले यति गहिरो तरिकाले अनुसन्धान गरेको थिएन । सुन बरामद हुन्थ्यो, भरिया पक्राउ पर्थे र प्रहरीले सुन राजस्वलाई जिम्मा लगाइदिन्थ्यो । 

विमानस्थलबाट किलोका किलो सुन नेपाल भित्रिने गरेको रहस्य खुलेपछि प्रहरीले यस पटकको घटनालाई गम्भीरताका साथ लिएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुन बरामद गर्ने ब्युरोका डीआईजी नवराज सिलवालसहितको अनुसन्धान टोलीलाई घटनाको गहिराइमा पुग्न निर्देशन दिएका छन् । 
एयरपोर्ट सेटिङबाट सुन भित्रिने गरेको निष्कर्ष निकालेका अर्यालको टोलीले शनिबार विमानस्थलको निरीक्षण गरेको थियो । 
अनुसन्धानका क्रममा प्रहरीले सुन तस्करको नालिबेली खोतल्ने प्रयास जारी राखेको छ । अनुसन्धानमा खटिएका एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा यस्तो बताए :
घुम्न जाने भन्दै डेराबाट बोलाएर नेपाल 
स्रोतका अनुसार सुन बोकेर नेपाल आउने भरियालाई आफू नेपाल जाँदैछु भन्ने कुरा एयरपोर्ट पुग्दासम्म पनि थाहा हुँदैन । दुबईबाट सुन पठाउने तस्करले भरियालाई घुम्न जाने भनेर बोलाउँछन् ।

Agni Group

घुम्दै जाँदा एयरपोर्ट पुगेपछि ‘लौ नेपाल जाऊँ’ भन्दै सुटकेस दिएर डिपार्चरभित्र पठाइदिन्छन् । तस्करले नेपाल पठाउनुअघि सुटकेस र सुन भरियाको फोटो खिचेर नेपालको ‘रिसिभर’लाई पठाउँछन् । 

“यसरी नेपाल आउँदा स्वयं भरियालाई पनि म कतिबेला नेपाल जाने भन्ने थाहा हुँदैन,” स्रोत भन्छ, “जुन कपडामा डेराबाट घुम्न हिँडेको हुन्छ, त्यही कपडामा नेपाल आइपुग्छ । ऊ आइपुग्नुअघि उसको फोटो यहाँको ‘रिसिभर’ तथा भन्सारका कर्मचारीको हातमा परेको हुन्छ ।” 

Global Ime bank

सुन बोकेर आउने मान्छेको फोटो यहाँ ‘सेटिङ’ मिलाइएका कर्मचारी सबैसँग हुन्छ । उनीहरूले सुटकेससहित सुन भरियालाई सुरक्षा जाँच छलेर बाहिर निकाल्छन् अनि सुनधनीलाई ‘सामान प्लस मान्छे आउट’ भनेर खबर गर्छन् ।

सुन लिने मान्छे एयपोर्टको छेउछाउतिर बसेको हुन्छ । सुन बोकेको भरिया एयरपोर्टको गेटबाहिर पुगेपछि सुन कहाँ लैजाने भनेर तय हुन्छ । अनि सुन जिम्मा लगाएर भरिया आफ्नो बाटो लाग्छ । 

तस्करसँग बिदा मिलाउँछन् भन्सारका कर्मचारी
सेटिङमा संलग्न भन्सारका कर्मचारी बिदा बस्नुपर्दा कार्यालय प्रमुखसँग बिदा माग्नुपर्ने हुन्छ ।

तर, उच्च स्रोतका अनुसार उनीहरु कार्यालय प्रमुखसँग बिदा माग्नुभन्दा पहिला तस्करसँग बिदा माग्छन् । ती कर्मचारी बिदा बस्नुपर्दा नेपालमा सुन रिसिभ गर्नेसँग म यो या त्यो दिन बिदा बस्दैछु भन्छन् ।  अनि सुन आउने दिन पर्यो भने तस्करले बिदा नबस्नु, यो दिन ‘माल’ आउन सक्छ भन्छन् । त्यसैअनुसार कर्मचारी बिदा बस्ने गरेको स्रोतको दाबी छ । 

यस्तो छ तस्करको जालो
स्रोतका अनुसार दुबईबाट सुन तस्करी गर्ने नेपालीको छुट्टै समूह छ, जुन समूहमा २५ देखि ३० जना भरिया छन् भने १० देखि १५ जना लगानीकर्ता छन् ।

लगानीकर्तामध्येकै एक हुन् बिहीबार पक्राउ परेका मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्ले ।

स्रोत भन्छ, “काफ्ले र थापाजस्ता १० देखि १५ जना छन् ।” दुबईमा सुन पठाउने र यहाँ रिसिभ गरी बजारमा व्यापारीको हातमा पुर्याउन उनीहरू नेपाल बस्ने र बाँकीले सुन उताबाट पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । 

२५ तोलाबाट सुरु भएको तस्करी टनसम्म
अनुसन्धान अधिकारीका अनुसार धनुषाका सन्तोष काफ्ले सुरुमा वैदेशिक रोजगारीमा विदेश जाने युवाहरूलाई पठाउने एजेण्टको काम गर्थे । बिहीबार सुनसहित पक्राउ परेका भरिया शाहीलाई पनि उनै काफ्लेले सुरक्षा गार्डमा दुबई पठाएका थिए । 

२ वर्ष अघिसम्म काफ्ले सामान्य रूपमा आफैँ खरिद गर्ने र त्यहीँ सुन बेच्ने गर्थे । दुबई जाने, २५ तोला सुन विभिन्न गहना बनाएर ल्याउने अनि २–२ थान मोबाइल तथा ल्यापटप पनि ल्याएर बेचेर केही आम्दानी गर्दै आएका काफ्ले सुन तस्करको समूहमा मिसिएको अनुसन्धानबाट खुलेको छ । 

२५ तोलाबाट सुरु भएको तस्करी कसरी यति ठूलो परिमाणसम्म पुग्यो त ? स्रोत भन्छ, “काफ्लेलाई दुबईका सुन तस्करले ओहोरदोहोर गरिरहने गरेको देखे ।

विमानस्थलमा सेटिङ यसले मिलाउन सक्छ भन्ने लाग्यो अनि आफ्नो ग्रुपमा सामेल गरायो ।”
उनले पछिल्लो समय तस्करीको सुुनमा काम गर्ने हैन, सेयर हाल्ने समेत गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, दिलबहादुर थापा पनि सुरुमा गाडीको पार्टस्को कारोबार गर्थे । दुबईबाट गाडीका पार्टस् मगाएर कारोबार गर्थे । उनको पनि विमानस्थलमा सेटिङ राम्रो हुन सक्छ भन्दै तस्करी समूहको सदस्य बनाइयो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७३  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC