site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘स्याट्लाईट’ले फोटो खिच्नेगरी मानव सागर उतारेर तराइमा कार्यक्रम गर्छौं : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । गतवर्ष यही चिसो मौसममा काठमाडौंमा संविधाान निर्माणपछि खुसी मनाइरहँदा तराईमा भने आगो बलिरहेको थियो । आन्दोलन सरकारविरुद्व पनि थियो र पार्टीहरु विरुद्व पनि । कांग्रेस, एमाले, माओवादी मात्र हैन एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्व पनि तराईमा आन्दोलन भएको थियो । तराईका केही जिल्लामा एमालेका पार्टी कार्यालयहरु जलाइएका थिए ।

आन्दोलनकारीहरु एमाले अध्यक्ष ओलीको बोलीले रुष्ट बनेका थिए । मधेसीहरुले बनाएको मानव साङ्लोलाई “माखे साङ्लो”, समथर आँगन जति सबै चाहिने भए यूपी, बिहार पनि लिनु लगायतका अन्य अभिव्यक्तिले मधेसी जनता ओलीप्रति क्रोधित बनाएको थियो ।

त्यसपश्चात संविधान विरुद्वको आन्दोलन एमाले विरुद्वको विरोधको कार्यक्रममा समेत रुपान्तरित भयो । त्यसयता तराईमा एमालेले कुनै ठूलो कार्यक्रम आयोजना गर्न सकेको छैन । 
रौतहट गृहनगर भएका एमाले नेता माधव कुमार नेपाल विरोधकाबीच बेला बेला तराई झर्ने गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माण पछि २ नम्बर प्रदेशमा गएर कार्यक्रम गर्ने आँट देखाएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर शुक्रबार उनै ओलीले अब तराईका सबै प्रमुख शहरहरुमा ठूला सभाहरु गर्ने घोषणा गरेका छन् । संविधान संशोधन विरुद्व राजधानीमा प्रमुख प्रतिपक्षीहरुले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले ड्रोनले समेत नभ्याउने मानव सागर भेला गरी तराईका शहरहरुमा सभाहरु गर्ने घोषणा गरेका हुन् ।  
“एमाले मधेस विरोधी पनि हैन र मधेसी विरोधी पनि हैन । हामीहरु त्यहाँको भाषा, संस्कृतीलाई बचाउनुपर्छ र सम्मृद्व बनाउनुपर्छ भन्छौं,” कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, “फागुन दोस्रोसातादेखि हामी तराईमा पनि जागरणका कार्यक्रम आयोजना गर्छाैं । यहाँको कार्यक्रमको तस्विर ड्रोनले खिचेको छ । तराईमा हामी ड्रोनबाट हैन स्याटलाइटबाट दृश्य लिनुपर्ने गरी मानव सागर उतारेर कार्यक्रम गर्छाैं ।”

ओलीले मधेश केन्द्रीत दलहरुलाई आफ्नो हैसियत सम्झन पनि चेतावनी दिए । उनले ११ सिट जित्नेहरुले ४० सिट ल्याउने एमालेलाई तराईबाट बाजा बजाएर लखेट्ने सपना नदेख्न चेतावनी दिएका हुन् ।

Global Ime bank

उनले भने, “उहाँहरुले जितेको ११ सिट हो । हामीले तराईबाट ४० सिट जितेका छौं । आफ्नो अस्तितत्व सम्झिनुस् । हामीलाई लखेट्ने सपना नदेख्नुस् ।”
नेपाल विभाजन गर्ने उद्देश्य अनुरुप मधेस केन्द्रीत दलहरुले क्रियाकलाप गरेको ओलीले ती दलका नेताहरुलाई आरोप लगाएका छन् । पहिले संविधान जारी गर्नुहुन्न भने, पछि जलाए, च्याते अहिले संविधान संशोधन गर्नुपर्छ भनेर देशलाई थिलथिलो बनाउनमा मधेस केन्द्रीत दलहरु तल्लिन रहेका छन्, ओलीको भनाई थियो ।

एमाले अध्यक्ष ओलीले भने, “संविधान जारी गर्न नदिने, जलाउने, च्यात्नेहरु अहिले संविधान संशोधन नगरी निर्वाचन गर्न दिँदैनौं भन्छन् । उनीहरु नेपालको राष्ट्रियता, अखण्डतालाई तोड्ने मनशायले अघि बढेका छन् ।”
विश्वमा संघीयता भएको सबै राष्ट्रमा राष्ट्रियसभामा प्रतिनिधित्व गराउँदा हरेक प्रदेशबाट समान प्रतिनिधित्व गराउने गरेको बताउँदै नेपालमा भने यसविपरीत देशको विभाजन गर्ने उद्देश्यले संविधान संशोधन प्रस्ताव प्रस्तुत भएको आरोप लगाए ।

“संसारभरी हरेक प्रदेशबाट समान प्रतिनिधित्व गराई राष्ट्रिय सभा गठन गरिन्छ । अमेरिकामा पनि सानो ठूलो सबै प्रदेशबाट समान २÷२ जनाको प्रतिनिधित्व  गराईन्छ तर यहाँ नेपाललाई गज्याङ, मज्याङ् पारेर  नेपालको विभाजन गर्ने उद्देश्यले संंविधान संशोधन प्रस्ताव पेश गराइएको छ ।” ओलीले अघि थपे, “छिमेकीहरु गुलाम भएको इतिहाँसमा गुलाम नभएको नेपाललाई गुलाम बनाउने सपना नदेख्न हामी सबैलाई आग्रह गर्छाैं ।”

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाललाई टुक्र्याउने सपना नदेख्न भारतलाई चेतावनी दिए ।

उनले भने, “मुठ्ठिभरका लेन्डुप दोर्जेहरुसँग सौदाबाजी गरेर नेपाललाई सिक्किमिकरण वा भुटानिकरण गर्ने सपना नपाल्न म हाम्रो छिमेकी भारतलाई आग्रह गर्छु ।”
यसैगरी कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान लगायतले संविधान संशोधन विधेयक राष्ट्रघाती भएकोले फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC