site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आमसभामा सहभागी मधेसी जनता भन्छन्– ‘पहाड–मधेस’ होइन, देशको कुरा गर ! देश नरहे पहाड पनि बाँकी रहन्न 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेसहित ९ दलले  शुक्रबार राजधानीमा संविधान संशोधनविरूद्व शक्ति प्रदर्शन गरेका छन् । एमालेको अगुवाइमा  ‘शक्ति प्रदर्शन’ सहितको आमसभाको आयोजना गरिएको हो ।  ९ दलको साथ पाएको एमालेको दशक यताकै ठूलो जनप्रर्दनसमेत हो ।

प्रदर्शनमा झाँकीसहित विभिन्न समुदायका मानिस उपस्थित थिए । तर, सभाको ध्यान खिचेका थिए मधेसी समुदायले ।

गलामा सेतो गम्छा पहिरिएर आमसभामा सहभागी हुन राजधानीमा बसोबास गर्ने मधेसी समुदाय मात्र होइन गाडी ‘रिजर्भ’ गरेर दुई नम्बर प्रदेशबाटसमेत उल्लेख मधेसी समुदाय उपस्थित भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आमसभास्थलको मध्यभागमा भेटिए जनकपुरका सरोजकुमार शर्मा । गलामा गम्छा ओढेका उनी धोती लगाएर प्रदर्शनमा सहभागी थिए ।

कुराकानीको सुरुमै आग्रह गरे, “अब हामीले पहाड–मधेसका कुरा गर्ने होइन, सिंगै देशका बारेमा सोच्नुपर्छ । मधेसी, पहाडी भनेर नहेरौँ ।”
उनी भन्दै थिए नेताहरूले आ–आफ्नो क्षेत्रको कुरा गर्दा भारतले खेल्ने मौका पायो । “हामी आफैँ झगडा गरेर बस्यौँ भने अरुले खेल्न थालिहाल्छन् नि !,” उनले थपे । 
मधेसीको सवालमा एमालेले लिएको नीति ठिक भए पनि मधेसीलाई बुझाउन नसकेको धारणा राखे । “एमालेले लिएको विचार सही भएर नै गाडी रिजर्भ गरेर यहाँ आएका हौँ तर नीति ठिक भए पनि नेताहरूले मधेसमा गएर आफ्ना कुरा राख्न सकिराखेका छैनन् । यस्तो आमसभा मधेसमा गर्नुपर्छ,” उनले जोड दिए ।

Global Ime bank

सिमांकन होइन विकास चाहियो
उनको छेवैमा थिए मुकेशसिंह यादव । उनले पनि त्यस्तै प्रतिक्रिया दिए । भन्दै थिए, “मधेसी समुदायले संविधान पढेका पनि छैनन्, नेताहरूले पढाएका पनि छैनन् । त्यसका के लेखिएको छ, थाहा पनि छैन । हामीलाई विकास चाहियो ।”  उनले भूगोल पाउँदैमा देश विकास नहुने ठोकुवा पनि गरे ।
आमसभामा सहभागी हुन सर्लाहीबाट पनि ठूलै पंक्ति आएको थियो । त्यसमध्ये थिए आनन्द महतो ।

उनले चाहिँ तराई– पहाड जोडेरै प्रदेश बनाउनुपर्ने जिकिर गर्दै भने “दुई नम्बर प्रदेशमा आठवटा जिल्ला छ । न नदी छ, न वनजंगल नै छ ।

हामीलाई गिटी वालुवा चाहियो भने लिन कहाँ जाने ? यस्ता कुरामा ध्यान पु¥याउनुपथ्र्यो !” सिन्धुली, उदयपुर लगायतका केही जिल्ला जोडेर प्रदेश बनाउनुपर्ने उनको धारणा थियो । 

धनुषा मिथिलेश्वर निकास गाविसका अध्यक्ष गंगाप्रसाद मुखिया पनि आमसभामा सहभागी हुन आएका थिए । उनले चाहिँ तराईं टुक्रने सपना नदेख्न चेतावनी दिए ।

“भारतबाट सवैभन्दा प्रताडित मधेसी छन् । हिमाल पहाडमा बसेर तराई टुक्रन्छ कि भन्नु मुर्खतापूर्ण कुरा हो,” उनको भनाइ थियो ।
उनले मधेसलाई अधिकार दिने, माथिल्लो सभामा मधेसी समुदायको प्रतिनिधित्व गराउने कुरा जायज भएकाले मधेसी मोर्चाले उठाएका सबै माग गलत छन् भन्नु नहुने धारणा पनि राखे ।

“यहाँ पनि देख्नुभयो, थारु आफ्नै भेषभुषामा आएका छन् । तामाङ, शेर्पाले आफ्नै जातित्व झल्काएका छन् । त्यसको अर्थ एमालेले पहिचान स्वीकारेको हो । यी कुरा मधेसी समुदायलाई बुझाउनुपर्छ,” उनको भनाई थियो ।

यसैगरी धनुषाकै भरत साहले मधेसमा सिमांकनको मुद्दा पेचिलो बनाउन नहुने धारणा राखे । “मधेसलाई चाहिएको विकास, अधिकार हो । सिमांकनले अधिकार दिँदैन । राजनीतिक दलले त्यसबारे विचार पुर्याउन्,” उनी भन्छन् ।

उनले सत्तापक्ष, प्रतिपक्ष र मधेसी मोर्चाको त्रिपक्षी द्वन्द्वमा मुलुक फसेको भन्दै यसले निष्कर्ष नदिने र बाह्य हस्तक्षेप झनै बढ्ने तर्क अघि सारे ।

“सबै एकठाउँमा आएर देशको बारेमा सोच्ने बेला आइसकेको छ । देश नरहे पहाड मधेसचाहिँ बाँकी रहन्छ र ?,” उनको प्रश्न थियो ।
उनले मधेसी मोर्चाले उठाएका जायज माग सम्वोधन गरेर निकास निकाल्न सुझाव पनि दिए ।

देश टुक्रन लाग्यो भनेर सभामा सहभागी
सभामा सहभागि अन्य समूदायका मानिसहरुले भने संविधान संशोधन विधेयकको अन्तवस्तुका बारेमा अनभिज्ञ भए पनि एउटै जवाफ दिए – देश टुक्रन लाग्यो भन्ने सुनेर आएका हौँ ।
लम्जुङबाट विश्वराज मिश्र र हरिमाया मिश्र सहभागी थिए । उनीहरू भन्दै थिए, “देश टुक्रन लाग्यो । संसद्मा के–के जाती लगेको छ रे, त्यो पास भए देश विखन्डन हुन्छ भन्ने सुनेर आन्दोलनमा आएका हामी !”

विधेयकबारे बुझ्नु भएको छ त ? भन्ने बाह्रखरीको जिज्ञासामा भने उनीहरूले केही थाहा नभएको प्रतिक्रिया दिए ।

त्यस्तै लोकतान्त्रिक अपांग संघका वीरेन्द्र पोखरेलले पनि राष्ट्र विखण्डनतर्फ अघि बढेकाले रोक्न आएको प्रतिक्रिया दिए ।

“सबै जाति, समुदायका मानिसलाई संविधानले अधिकार दिएको । यो अधिकार उपयोग गरे देश विकास हुन्छ । संविधानको कार्यान्वयन गरौँ । पछि पुगेन भने संशोधन गरेर थपौँला । कार्यान्वयन नभई त्योबारे थाहा हुँदैन,” उनको राय थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC