site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार त्रिभुवन विमानस्थलबाट समातेको करिब १७ करोड मूल्य बराबरको ३४ किलो सुन नेपालमा तस्करी भएर आउने सुनको एउटा सानो परिमाण मात्र भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपालमा यसरी गैर कानुनी रुपबाट सुन भित्र्याउन काठमाडौंमा नाम चलेकै व्यापारीको नै संलग्नता रहेको प्रहरी आशंका छ । तर अनुसन्धानकै क्रममा रहेको हुनाले केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

सुन तस्करहरुले दैनिक रुपमा भन्सार छली गरेर दुबईबाट विमानस्थलकै बाटो ठूलो परिमाणमा सुन भित्र्याउने गरेको प्रहरी स्रोत बताउँछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार करिब  ३४ किलो सुनसहित बाँकेका गोपाल बहादुर शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो ।

Agni Group

अनुसन्धान अधिकारीका अनुसार तस्करहरुले विभिन्न जुक्ति लगाएर दैनिक यसैगरी सुन भित्र्याउने गरेका छन् ।
प्रहरी स्रोतका अनुसार तस्करहरुले गाडीका पाटपुर्जा, मेसिनरी सामान र मेसिनरी सामानभित्र ‘र्याप’ गरेर विमानस्थलबाटै ‘सेटिङ’ मिलाएर सुन भित्र्याउने गरेका छन् ।

“तस्करले अनेकौं उपाय लगाएर सुन भित्र्याएको देखियो, हामीलाई सुन तस्करीबारे उतैबाट सुचना आएको थियो,”  ब्यूरोका प्रमुख डीआईजी नवराज सिलवालले बाह्रखरीसँग भने, “त्रिभुवन विमानस्थल प्रयोग गरी सुन नेपाल भित्र्याउने गरेको भेटियो, विमानस्थलमा आधुनिक एक्सरे मेसिन छन्, लगेजभित्र के–के छ भन्ने कुरा स्पस्ट थाहा हुन्छ । यो घटना हेर्दा संगठित रुपमा सुन तस्करी हुने गरेको भेटियो । हामी अनुसन्धान गर्दैछौं । यसको पछि ठुलै रहस्य छ । राज्यलाई अर्बौंको राजश्व छली गर्नेलाई कानुनी दायरामा ल्याएरै छाड्छौं ।”

Global Ime bank

अनुसन्धान अधिकारीका अनुसार बिहीबार पक्राउ परेका  भरियाबाट सुन नियमित रुपमा नेपाल भित्रिने गरेको खुलेको छ । सुन बोकेर बुधबार साँझ नेपाल आएका शाहीको पासपोर्टमा देखिएअनुसार उनी डिसेम्बर महिनामा मात्र ८ पटक दुबई आवतजावत गरेको देखिएको छ । त्यसैगरी सुन बुझ्न बसेका धनुषाका सन्तोष काफ्ले पनि करिव ३ साता पहिला दुबईबाट नेपाल आएको देखिएको प्रहरीले जनाएको छ ।


हेलिकोप्टरको सामान भन्दै यसरी सुन भित्र्याउने को हुन् शाही ?
तस्करीको सुन भरिया ४२ वर्षीय गोपाल बहादुर शाहीको घर बाँके उपमहानगरपालिका १३ भृकुटीनगर हो । शाही वैदेशिक रोजगारीका सिलसिलामा एक वर्षअघि दुवई गएका थिए ।

उनलाई काम लगाउने दुबईका एक नेपालीले उनलाई सुन तस्करीको सञ्जालमा भरियाका रुपमा प्रवेश गराए ।

त्यसपछि उनी लगातार केही महिनादेखि यसरी दुबईबाट सुन बोकेर नेपाल आउने, केही दिन बस्ने र फेरि दुबई जाने गरेको अनुसन्धानबाट खुलेको छ ।
उनी डिसेम्बर महिनामा मात्र ८ पटक दुवई आवतजावत गरेको देखिएको छ । उनले सुन ल्याएर सहजै विमानस्थल हुँदै सुन तस्करको हातमा सुम्पिने गरेको एक प्रहरी अधिकृतले बताए ।

प्रहरी स्रोतका अनुसार शाही जस्तै २५ देखि ३० जना यस्तै भरिया दुवईमा बस्छन् । उनीहरुको काम सुन बोकेर नेपाल आउने हो ।

विमानस्थल प्रहरीले किन भेट्दैन ? 
बिहीबार बरामद गरिएको ३४ किलो सुन पनि विमानस्थलको त्यही एक्सरे मेसिन हुँदै बाहिर निकालिएको थियो ।
बैदेशिक रोजगारबाट फर्किएका कामदारले पुराना मोवाईल कपडामा बेरेर ल्याएको देख्ने एक्सरे मेसिनले कसरी २ सुटकेस सुन देखेन ?

विमास्थलमा खटिएका एक प्रहरी अधिकृतले बाहखरीसँग नाम उल्लेख नगर्ने सर्तमा भने, “सेटिङविना विमानस्थलबाट सुन बाहिरिन मुस्किल छ ।

वैदेशिक रोजगारीबाट फर्कदा कसैले पुराना मोवाईल ल्यापटप कपडामा बेरेर ल्याएको लेजरमा देखिन्छ । तर पनि भन्सारले छाड्दैन, तर ३४ किलो सुन सुटकेसभित्र ल्याउदा थाहा भएन भन्न सुहाउँदैन ।”

कसरी बाहिर निकालिन्छ यस्तो सुन ?
अनुसन्धान अधिकारीका अनुसार विमानस्थल हुँदै आउने सुन गाडीका इन्जिन र विभिन्न मेसिनरी सामग्रीभित्र ‘¥यापिङ’ गरी ल्याउने गरिन्छ ।
स्रोतले भन्छ, “सेटिङ भएर आउने यस्ता सामग्रीको चेकजाँच समेत नगरि बाहिर निकालिन्छ ।”

प्रहरी उच्च स्रोतका अनुसार विमास्थलबाट सुन तस्करी नियमित हुने गरेको छ । राज्यको उच्च ओदाहमा रहेका अधिकारी र नाम चलेकै व्यापारीको सञ्जाल रहेको प्रहरी अनुमान छ ।

स्रोत भन्छ, “वैधानिक रुपमा आउने सुन पनि के सुन हो र ? सुन त नेपालमा बढी यसैगरी आउँछ । यसरी आउने सुन समात्ने आँट निकै कमको मात्रै हुन्छ ।”  बिहीबार ब्यूरोले उच्च तहको ‘सेटिङ’ भत्काएर सुन बरामद गरेको जनाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC