काठमाडौं । गायिका मुना थापा मगर र सुमित पौडेलको स्वरमा रहेको ‘शहरिया बन्दैछौ तिमी’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ ।
शब्द तथा लय शंकलन गायक पौडेल स्वयम्कै रहेको गीतमा शहरिया जीवन र गाउँले जीवनको कथालाई उतारिएको छ ।
गाउँमा बस्ने मन हुँदाहुँदै शहरमा बस्नु पर्ने वाध्यतालाई चित्रित गरिएको गीतमा गाउँले जीवन नै राम्रो सन्देश दिन खोजिएको छ । शहरमा बस्ने प्रेमीका र गाउँमा बस्ने पे्रमीबीचको प्रेम सम्बन्धलाई भौगोलिक दूरीले प्रभाव नपार्ने देखाउन खोजिएको छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा सुमन गौतम र मञ्जिता केसीले अभिनय गरेका छन् । कपिल लामाले निर्देशन गरेको भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन सुजन शाहीले गरेका छन् ।