site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले उद्योगले मागे जति बिजुली दिने बताएका छन् । “उद्योग सञ्चालनका लागि कति ऊर्जा चाहिन्छ त्यसको योजना तयार गर्नुस्, मैले १ वर्षपछि १ हजार मेगावाट बिजुली उद्योगलाई उपलब्ध गराउन सक्छु”उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा ऊर्जामन्त्री शर्माले उद्योगलाई विद्युत आपूर्ति गर्न औद्योगिक फिडर बनाउने तयारी भएको सुनाए । 
उनले गत वर्षको तुलनामा भारतबाट ४० मेगावाट मात्र बिजुली थप भएको बताउँदै भारतको बिजुलीले मात्र लोडसेडिङ नहटेको जानकारी दिए । लोडसेडिङ नभएपछि औद्योगिक तथा होटलमा मासिक लाखौं रुपमा बचत भएको उनले जानकारी दिए । 
उनले ठूला आयोजना बनाउनका लागि विद्युत उत्पादन कम्पनी प्रसारणलाइन बनाउन ग्रीड विकास कम्पनी आयोजनाको सम्भाव्यता अध्ययन गर्न इन्जिनियरिङ कम्पनी र विद्युतको व्यापार गर्न विद्युत व्यापार कम्पनी गठन भएको उनले जानकारी दिए ।
उद्योगी व्यवसायीको सहकार्यमा विद्युत उत्पादनको काम अघि बढाउन सरकार तयार रहेको उनले बताए । उनले जलसाययुक्त र अर्धजलासययुक्त आयोजनाको विद्युत खरिदबिक्री दर (पीपीए) तय गरेको बताउँदै यस्ता आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई अनुरोध गरे । 
यस्तै अमेरिकी डलरमा पीपीए गर्नका लागि आवश्यक जोखिम बहन गर्नका लागि हेजिङ फण्डको स्थापना, प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान, लेउ वा देउ (टेक अर पे ) पीपीए नीति लागु गर्ने बताए । “मैले मन्त्रालयमा निर्णय गरिसकेको छु” उनले भने “तपाईहरुले सुविधा पाउनुभएको छैन । परिणाम आउन मात्र बाँकी छ ।”
जलासययुक्त आयोजनाबाट तल्लोतटीय लाभ लिने विषयमा छलफल अघि बढाएको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७३  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC