site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अघिल्ला वर्षको तुलनामा यो वर्ष नेपाल विद्युत प्राधिकरणका विद्युतगृहबाट उत्पादन २५ प्रतिशतसम्म बढेको छ ।
कालिगण्डकी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दीलगायत नेपाल विद्युत् प्राधिकरणका सबै विद्युतगृह पूर्ण क्षमतामा आएका छन् । कालिगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दीलगायत सबै विद्युतगृह साँझमा ४ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले अर्धजलासययुक्त यी विद्युत आयोजना अघिल्ला वर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी विद्युत उत्पादन गरेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार गरेको छलफलमा  कार्यकारी निर्देशक घिसिङले दिउँसो अघिल्ला वर्ष कालिगण्डकी, मर्स्याङ्दी र मध्यमर्स्याङ्दी आयोजना साँझमा पूर्ण क्षमतामा सञ्चालन नहुने गरेको जानकारी दिँदै उनले यो वर्षदेखि दैनिक ४ घण्टासम्म साँझ पूर्ण क्षमतामा सञ्चालन भइरहेको उनले बताए ।
भारतबाट आयात गरिएको बिजुलीले मात्र लोडसेडिङ नहटेको जिकिर गर्दै घिसिङले भने “यो वर्ष सबै विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन भएको र माग व्यवस्थापन गर्दा आधारभूत रुपमा लोडसेडिङ हटेको हो ।” 
उनले काठमाडौं उपत्यका, पोखरालगायतका क्षेत्र लोडसेडिङमुक्त भएको जानकारी दिए । यस्तै औद्योगिक क्षेत्रमा दैनिक २० घण्टा निरन्तर रुपमा बिजुली आपूर्ति भइरहेको समेत उनले जानकारी दिए । भारतबाट आयात गरिएको बिजुली हेटौंडा पूर्व मात्र आपूर्ति हुने गरेको जानकारी दिँदै उनले अन्य आयोजनाबाट उपत्यकाको माग व्यवस्थापन भइरहेको सुनाए । उनले हेटौडा–स्युचाटार १३२ केभी क्षमताको प्रसारणलाइन सञ्चालनको तयारी भइरहेको बताए । सो प्रसारणलाइन सञ्चालनमा आएपछि उपत्यकामा कालीगण्डकी लगायत भारतबाट आयात गरिएको बिजुली आपूर्ति हुने उनले जानकारी दिए । उनले हाल विद्युतको माग पिक आवरमा १ हजार ३ सय मेगावाट रहेको उनले बताए । 
साँझको भन्दा बिहानको बिजुली माग व्यवस्थापन गर्न गाह्रो हुँदै गएको बताउँदै उनले त्यस समयमा उद्योग सञ्चालन नगर्न उद्योगीलाई आग्रह गरे । विहान ५ देखि ९ वजेसम्म माग व्यवस्थापन गर्न प्राधिकरणलाई गाह्रो परेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७३  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC