घटना क्रम
काठमाडौं । भारताको गोवाबाट मुम्बई उड्न लागेको जेट एयरवेजको एक विमान ठूलो दुर्घटनाबाट जोगिएको दि टाइम्स अफ इन्डियाले जनाएको छ । दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ कल साइनको सो विमान उड्नै लाग्दा प्राविधिक समस्याका कारण धावन मार्गमै चिप्लिएको बताइएको छ । सो विमानमा १५४ यात्रु र ७ जना चालक दलका सदस्यसहित १६१ यात्रु भएको बताइएको छ । समाचार अनुसार जेट एयरवेजका सबै यात्रु सुरक्षित रहेको र दिउसो १२ः३० बजेसम्मका लागि विमानस्थल बन्द गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७३ ०९:४२
प्रतिक्रिया दिनुहोस्