घटना क्रम

भारतको दाबोलिम एयरपोर्टमा जेट एयरवेजको विमान चिप्लियो, ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं । भारताको गोवाबाट मुम्बई उड्न लागेको जेट एयरवेजको एक विमान ठूलो दुर्घटनाबाट जोगिएको दि टाइम्स अफ इन्डियाले जनाएको छ । दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ कल साइनको सो विमान उड्नै लाग्दा प्राविधिक समस्याका कारण धावन मार्गमै चिप्लिएको बताइएको छ ।  सो विमानमा १५४ यात्रु र ७ जना चालक दलका  सदस्यसहित १६१ यात्रु भएको बताइएको छ  । समाचार अनुसार जेट एयरवेजका सबै यात्रु सुरक्षित रहेको र  दिउसो १२ः३० बजेसम्मका लागि विमानस्थल बन्द गरिएको छ ।


 

तपाईंको मत