site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘ट्रम्प टावर’देखि ‘पावर’ निर्मातासम्म
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । व्यापार, मनोरञ्जन, सामाजिक कार्य, राजनीतिलगायत विभिन्न क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा अमेरिकाको ४५ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दैछन् । ट्रम्पले उठाएको आप्रवासनको मुद्दा शक्तिशाली बन्यो र उनले विजय प्राप्त गरे भन्ने अनुमान छ । उनको रुढ तर दृढ विदेश नीतिका कारण पनि मत प्राप्त भएको हो भन्ने विश्लेषण पनि छ । तर, यी विश्लेषण हेरिरहँदा डोनाल्ड ट्रम्प अमेरिकामै जन्मिएका भए पनि उनका हजुरबा-हजुरआमा जर्मन प्रवासी थिए । उनका बुबाआमा स्कटिस आप्रवासी थिए । 
१४ जुन १९४६ मा न्युयोर्कको क्विन्समा जन्मिएका डोनाल्ड ट्रम्प स्कटिस प्रवासी फ्रेड र मेरी मेक्लियाडका सन्तान हुन् । डोनाल्ड ट्रम्प पाँच भाइबहिनीमध्येका चौथौ हुन् । सन् १९६८ मा ट्रम्पले युनिभर्सिटी अफ पेन्सिलभानियाको वर्टन स्कुल अफ फाइनान्सबाट अर्थशास्त्रमा ग्य्राजुएसन गरेका थिए । 
ट्रम्पको जीवनमा एक समय यस्तो पनि आयो कि उनी सडकमा नै आउनुपर्ने भयो । ट्रम्पका लागि सन् १९८० निराशा लिएर आयो । तर, उनी सम्हालिए र अन्ततः बिलिनियर बने । डोनाल्ड ट्रम्पले २५ वर्षको उमेरमा आफ्ना बुबाको कम्पनी सम्हालेका थिए । सन् १९६९ मा निर्माण कम्पनी ‘एलिजाबेथ ट्रम्प एण्ड सन्स’ कम्पनीका लागि उनले काम गर्न सुरु गरेका थिए । 
सन् १९७१ मा बुबाको कम्पनी सञ्चालन गर्दै गर्दा नाम परिवर्तन गरेर ट्रम्प अर्गनाइजेसन बनाए । बुबाबाटै प्रभावित भएर उनले रियल इस्टेट व्यवसाय पनि सुरु गरे । सन् १९७७ मा ट्रम्पले इवानासँग विवाह गरे । यो वैवाहिक जीवन १४ वर्षसम्म रह्यो । १९९३ मा मार्लासँग दोस्रो विवाह गरे, जुन ६ वर्षसम्म टिक्यो । त्यसपछि तेस्रो विवाह गरेर सन् २००५ देखि ट्रम्पले दक्षिण स्लोभानियाकी मोडल मेलानियालाई सँगै राखे । 

‘ट्रम्प टावर’ देखि र ‘पावर’ निर्मातासम्म 
सन् १९८२ मा ‘ट्रम्प टावर’ को निर्माण पूरा भयो । यो बिल्डिङ ट्रम्पको बिजनेस हेडक्वार्टर हो । यो राष्ट्रपति अभियानको समेत हेडक्वार्टर थियो । सन् २००० मा ट्रम्पले पहिलो पटक ‘रिफर्म पार्टी’का तर्फबाट राष्ट्रपति पदमा उमेदवारी दिएका थिए । तर, दुईवटा ‘प्राइमरी’ जितेर बाहिरिए । 
सन् २००४ मा ट्रम्पको रियालिटी शो ‘द अप्रेन्टिस’को प्रसारण गरियो । यसको निर्माता र प्रस्तोता स्वयम् ट्रम्प नै थिए । सन् २००७ मा ‘हलिउड वक अफ फ्रेम’ मा ट्रम्प छनोट भए । २०१५ मा उनले रिपब्लिकनका तर्फबाट राष्ट्रपति पदमा उमेदवारी दिए ।   
टेलिभिजन प्रस्तोताका रूपमा रहेका ट्रम्पले लेखेको पुस्तक अत्यधिक बिक्री भएको पुस्तक पनि भयो । सन् १९८७ मा ट्रम्पले ‘आर्ट अफ द डिल’ लेखे, जुन पुस्तक न्युयोर्क टाइम्सको बेस्टसेलर लिस्टमा ५१ हप्तासम्म रह्यो । ‘नेभर गिभअप’, ‘थिङ्क बिग एण्ड किक एस इन’, ‘बिजनेस एण्ड लाइफ’, ‘ट्रम्प १०१ : द वे टु सक्सेस’, ह्वाइ बि वान्ट यु टु बि रिच’, र ‘थिङ्क लाइक अ बिलिनियर’लगायत पुस्तक ट्रम्पले लेखेका हुन्  ।
-बायोग्राफी डटकमबाट अनूदित
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC