site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बेनी (म्याग्दी) । म्याग्दीको सुन्तलाको पोखरा र काठमाडाैंमा माग अत्यधिक बढेको छ । जिल्ला बाहिरबाट माग आउन थालेपछि यहाँका किसानलाई बिक्री गर्न भ्याइनभ्याई छ । अन्यत्र जिल्लाबाट माग आएपछि उनीहरु उत्साहित भएका छन् ।

बेनी नगरपालिका– १३ बास्कुना, भकिम्ली, मरेक, राखु, बरङ्जालगायतका ठाउँको सुन्तला बढी स्वादिलो भएका कारण बजारमा बढी माग रहेको बास्कुनाका सुन्तला कृषक वीरबहादुर थापाले बताए । बास्कुनाबाट सोमबारसम्म १० मेट्रिक टन सुन्तला पोखरा र काठमाडौँ पठाइएको छ । गत वर्ष बास्कुनाबाट १६ लाखको सुन्तला बिक्री भएको थियो ।

Agni Group

किसानले बोटबाटै प्रतिकिलो ७० देखि ७५ रूपैयाँसम्ममा बिक्री गरेका छन् । बास्कुना, भकिम्लीको मरेक, राखु, बरङ्जा, ताकम, बिम, मुदी, घार, हिस्तान, दोवा, नारच्याङ गाविस सुन्तला उत्पादनका पकेटक्षेत्र रहेका जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भोजबहादुर थापाले बताए । यहाँका किसानले सुन्तलाबाट वार्षिक ४० हजारदेखि ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्ष जिल्लामा सात करोड ३० लाख १० हजार बराबरको दुई हजार ८६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।

रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC