site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनल समूह विजेता
Sarbottam CementSarbottam Cement

लण्डन । लण्डन क्लब आर्सनल युइएफए च्याम्पियन्स लिग फुटबलको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । 
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बसेललाई ४–१ ले पराजित गर्दै आर्सनल समूह विजेता बनेको हो । उसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पा¥यो । आर्सनलको जितमा लुकास पेरेजले ह्याट्रिक गरे  । इओवीले एक गोल थपे । बसेलका डुम्वियाले एक गोल फर्काए । बसेलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली आर्सनलले आठौं मिनेटमा अग्रता लिएको थियो । पेरेजले आठौं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए ।

१६ औं मिनेटमा पेरेजले नै आर्सनलको अग्रता दोब्बर पा¥यो । पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलका लागि पेरेजले ४७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे  । ५४ औं मिनेटमा इओवीले गोेल गर्दै आर्सनललाई मजवुत स्थितिमा पु¥याएको थियो । खेलको ८० औं मिनेटमा डुमिवियाले सान्त्वना गोल फर्काए । जितपछि आर्सनल समूहको शीर्ष स्थानमा उक्लियो भने पराजित भएको बसेल समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो । आर्सनलले ६ खेलबाट १४ अंक जोड्यो । यस्तै समूह ए कै अर्काे खेलमा क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लोडोगोरेट्सँग बराबरीमा रोकियो । पिएसज िलोडोगोरेट्ससँग दुई–दुई गोलको बराबरीमा रोकिएको हो । हारको नजिकै पुगेको पिएसजीलाई इन्जल डि मारियाले इन्जुरी समयमा गोल गर्दै हारबाट जोगाएका थिए । पिएसजी १५ औं मिनेटमा मिसिदजानको गोलबाट खेलमा पछि परेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

६१ औं मिनेटमा काभानीले बराबरी गोल फर्काए । ६९ औं मिनेटमा वान्डरसनले गोल गर्दै लोडोगोरेट्सलाई पुनः अग्रता दिलाए । अन्तिम एक मिनेट सम्हालिन नसक्दा लोडोगोरेट्सले पिएसजीसँग अंक बाड्यो । बराबरीपछि पिएसजी समूहमा दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई हराएको छ । समूह चरणको अन्तिम खेलमा बार्यन म्युनिखले एथ्लेटिको मड्रिडलाई १–० ले हराएको हो ।

समूह ‘डी’ मा रहेको बायर्न म्युनिखलाई जिताउन २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले फ्रि–किक मार्फत गरेको गोल नै निर्णायक बन्यो । हारसँगै च्याम्पियन्स लिगका समूह चरणका सबै खेल जित्ने सातौं टिम बन्ने एथ्लेटिको मड्रिडको सपना टुट्यो । समूह विजेताको रुपमा अन्तिम १६ मा यसअघि नै स्थान बनाएको एथ्लेटिकोको १५ तथा समूह उपविजेता बनेको बायर्न म्युनिखको १२ अंक छ । राति नै भएको खेलमा पिएसभी एन्थोव र एफसी रोस्तोभले गोलरहित बराबरी खेले ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC