site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ । संशोधन प्रस्ताव पारित नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री निधिले भने, “प्रस्ताव पारित हुन्छ । नागरिकता, भाषा, सीमा, राष्ट्रियसभालगायतका विषयमा संशोधन आवश्यक भएकाले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको हो ।” प्रस्ताव संसद्मा पेस भएपछि विशेष समितिमार्फत छलफल अगाडि बढाइने र परिमार्जन गरेरै भए पनि संशोधन प्रस्ताव पारित गराइने उहाँले स्पष्ट पारे । संशोधन प्रस्ताव राष्ट्रघाती छ भन्ने आरोपको खण्डन गर्दै  मन्त्री निधीले भने, “केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले प्रस्ताव गर्दा राष्ट्रघाती हुने ?” यो एमालेको राजनीतिक बेइमानी छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेलामा पहाडी जिल्ला ४ नम्बर र ६ नम्बर प्रदेशमा तथा तराईका जिल्ला ५ नम्बर प्रदेशमा राख्ने टुङ्गो लगाइएको उनले बताए । उपप्रधानमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध हटाएर संविधान संशोधन प्रक्रिया अगाडि बढ्न दिनुपर्नेमा जोड दिदैं “संविधान संशोधन प्रक्रिया छिटो अगाडि बढोस् भन्ने चाहेकाे बताए ।

रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC