site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले २ जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् उत्पादन गर्न निजी क्षेत्रलाई अनुमतिपत्र (लाइसेन्स) दिएको छ ।
ऊर्जा मन्त्रालयले ३७ मेगावाटको राहुघाट मगाले आयोजनाबाट विद्युत् उत्पादन गर्न तुँदी पावर कम्पनीलाई लाइसेन्स दिएको छ । अर्को ४३ मेगावाटको माथिल्लो न्यासिम खोलाबाट बिजुली उत्पादन गर्न सिन्धुज्वाला हाइड्रोपावरलाई लाइसेन्स दिएको छ । दुवै आयोजनाबाट विद्युत उत्पादन गर्न ऊर्जाले २५ वर्षका लागि लाइसेन्स दिएको हो । दुवै आयोजना स्वदेशी लगानीमा बन्न लागेका हुन् । 
सरकारले हालसम्म ११५ आयोजनाबाट ३ हजार ३४१ मेगावाट बिजुली उत्पादन गर्न लाइसेन्स दिएको छ । लाइसेन्स दिएका मध्ये धेरै आयोजना निर्माण सुरु भइसकेका छन् । अन्य आयोजना विभिन्न चरणमा रहेको विद्युत् विकास विभागले जनाएको छ ।
हालसम्म ६१ आयोजना सम्पन्न भई जडित क्षमता ९४२ मेगावाट पुगेको छ । चालु आर्थिक वर्षमा सरकारले २ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा हालसम्म ९६ मेगावाट पुगेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC