विशेष
काठमाडौं । इन्डोनेसियामा भूकम्प गएको छ । भूकम्पमा परि कम्तिमा २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
इन्डोनेसियाको आचे प्रान्तमा स्थानीय समय अनुसार बिहान ५ बजे भूकम्प गएको हो । ६ दशमलव ४ म्याग्निच्युडकोे भूकम्पले कैयौं घरहरु भत्किएका छन् ।
तर त्यहाँ सुनामीको सम्भावना भने नरहेको अधिकारीहरुले जनाएका छन् । सन् २००४ मा गएको भूकम्पपछिको सुनामीमा परेर १ लाख २० हजारको ज्यान गएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३ ०९:३५
प्रतिक्रिया दिनुहोस्