क्यानवेरा । न्युजिल्याण्डविरुद्धको तीनदिने एकदिवसीय सिरिज अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ ।
दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई १ सय १६ रनले पराजित गरेपछि अष्ट्रेलियाले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । अष्ट्रेलियाले पहिलो एकदिवसीयमा ६८ रनको जित निकालेको थियो । लक्यानवेरास्थित मानुका ओभलमा मंगलबार भएको खेलमा घरेलु टोली अष्ट्रेलियाले न्युजिल्याण्डलाई १ सय १६ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ३ सय ७९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४७.२ बलमा अलआउट हुँदै २ सय ६२ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका केन विलियम्सनले ८१ र जेम्स निशामले ७४ रनबनाएपनि टिमलाई जिताउन सकेन । यस्तै मार्टिन गुप्टिलले ४५ रनको पारी खेले ।
यस्तै विजे वाटलिङले १७ रन बनाए । कोलिड डि १२ तथा कोलिन मुन्रो ११ रनमा आाउट भए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका प्याट क्युमिन्स एक्लैले चार विकेट लिए । मिचेल स्ट्राक, जोश हाल्जेउड, जेम्स फकुल्नरले समान दुई–दुई विकेट लिए ।
यसअघि क्यानबेरामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पाँच विकेट गुमाएर ३ सय ७८ रन बनाएको हो । अष्ट्रेलियाका डेविड वार्नरले १ सय १८ को शतकीय पारी खेले । यस्तै मिचेल मार्सले ७६, स्टेभिन स्मिथले ७२ रन तथा ट्रेभिस हेडले ५७ रनको पारी खेलपछि अष्ट्रेलियाले राम्रो योगफल तयार पारेको थियो । न्युजिल्याण्डका टिम साउथीले दुई विकेट लिए । यस्तै टेन्ट बोल्ट, मिचेल सान्टर र कोलिन डि ग्रानधोमीले एक–एक विकेट लिएका थिए । तेस्रो खेल आगामी शुक्रबार हुनेछ ।