site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्षेत्रिय प्रतियोगिता जारी 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एथलेटिक्सको महिला १०० मिटरमा सुनसरीकी नेहा चौधरीले प्रथम स्थान हात पार्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएकी छिन् । त्यसैगरि उक्त प्रतिस्पर्धामा सुनसरीकी विविषा निरौला दोश्रो र धनकुटाकी विनित लिम्बु तेश्रो भए । यस्तै ८ सय मिटरमा सुनसरीका एशोधा चौधरी सप्तरीकी रेनुका चौधरीलाई पछाडी पार्दै सातौको लागि छनोट भईन् । खोटाङ्गकी सर्मिला कार्की तेश्रो भईन् । ५ हजार मिटरमा खोटाङ्गकी द्रिपा बस्नेत प्रथम, सोलुखुम्बुकी सरस्वती खड्का राई द्वितिय र खोटाङ्गकी सवलम्बु शेर्पा तृतीय भईन् । यस्तै पुरुष १०० मिटरमा श्याम कुमार चौधरी सुनसरीले राहुल माझी मोरङ्गलाई पछि पार्दै प्रथम स्थान हात पारे ।

तेश्रो स्थानमा सप्तरीका अमिर कान्त चौधरी रहे । ८०० मिटरमा प्रकाश दनुवार झापाले सन्देश पावर संखुवासभालाई पछि पार्दै साताँैमा स्थान पक्का पारे । मोरङ्गका ओम प्रकाश साह तृतीय भए । ५ हजार  मिटरमा ते¥हथुमका उमेश कदङ्गवा पहिलो भए । उनले पाँचथरका हर्क बहादुर लोहागनलाई पछाडी छोडे । सुनसरीका खिम लिम्बु तेश्रो भएको नारायणहरी थापाले जनाएका छन् ।  १५ सय मिटर महिला तर्फको खेलमा नवलपरासीकी गुडिया गुप्ता, ईन्दिरा नेपाली पर्वत र डोलमाया महतो नवलपरासी क्रमश प्रथम द्वितीय र तृतीय भए । १५ सय मिटर पुरुषमा गुल्मीका रोहित अधिकारीले पर्वतका प्रकाश कँुवरलाई पछि पार्दै सातौको लागि चुनिए ।

तेश्रो स्थानमा बाग्लुङ्गका चन्द्र बहादुर मल्ल रहे । यता २० गते देखी जारी पुरुष फुटबल प्रतियोगितामा कञ्चनपुरले डोटीलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्न सफल भएको छ । यस्तै कैलाली र बाजुरा सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ब्याडमिन्टनमा कैलालीकी दुर्गा शर्मा प्रथम स्थान हात पार्दै सातौ राष्ट्रिय प्रतियोगिताको लागि स्थान सुरक्षित पार्न सक भएको विष्णु घिमिरेले जानकारी गराए ।
मध्यमाञ्चल तथा मध्यपश्चिमाञ्चलमा पनि क्षेत्रिय छनोट प्रतियोगिता जारी रहेको सातौ राष्ट्रिय खेलकुद सचिवालयका नारायणहरी थापाले जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC