साहित्य
काठमाडौं । मगर जातीको संस्कृतिमा आधारित चलचित्र ‘खुर्पेटोे’ को अर्को नयाँ कौरा गीत सार्वजनिक भएको छ । नेपाली कथानक भनेर निर्माण गरिएको चलचित्र ‘खुर्पेेटो’को कौरा गीत सार्वजनिक गरिएको हो । ‘फर्कने मन मायाँ साटेर’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द, संगीत तथा स्वर केबी सरु मगरको छ । गीतको लिड अभिनयमा सुजन थापा मगर र विना थापा मगर छन् ।
राजेन्द्र आले मगरको निर्माण रहेको चलचित्रलाई विकास मगरले निर्देशन गरेका छन् । चलचित्र ‘खुर्पेटोे’ मा चर्चित लोकदोहोरी गायिका मुना थापा मगर मुख्य भूमिकामा छिन् ।
१८ लाखमा बनेको चलचित्र सिनेमा हलमा भने प्रदर्शन हुने छैन ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३ १८:०८
प्रतिक्रिया दिनुहोस्