site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी आयोजक समिति ३ हजार ९९९ सदस्यीय, मातृका यादव पक्षधरद्वारा बैठक बहिस्कार, शशी श्रेष्ठले दिइन् सचिवालय सदस्यबाट राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति ३ हजार ९९९ सदस्यीय हुने भएको छ । 
माओवादी केन्द्रको पोलिट्ब्युरो बैठकले यस्तो निर्णय गरेको नेता जगत यादवले जानकारी दिए । माओवादीमा आयोजक समिति र पोलिट्ब्यूरोमा कति सदस्य राख्ने भन्ने विवाद लामै समयदेखि देखिएको थियो ।
मंगलबार बसेको बैठकले पोलिट्ब्यूरो सदस्यको संख्या ३ सय ९९ बनाउने पनि निर्णय गरेको छ ।  कार्यालय सदस्य भने ३३ जना हुनेछन् । बैठकले सात प्रदेशमा संयोजक पनि तोकेको छ । १ नम्बर प्रदेशको संयोजकमा गोपाल किराँती, २ नम्बर प्रदेशको संयोजकमा मातृका यादव, ३ मा हितमान शाक्य, ४ मा देव गुरुङ, ५ मा वर्षमान पुन, ६ मा शक्ति बस्नेत र ७ मा लेखराज भट्टलाई संयोजक तोकेको छ । त्यसैगरी प्रवास संयोजकको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिइएको छ । 
यसैबीच गोपाल ठाकुरलाई कार्यालयमा नराखिएको भन्दै मातृका यादव समूहले भने मंगलबारको पोलिट्ब्यूरो बैठक बहिस्कार गरेको छ । स्रोतका अनुसार यसअघि भएको सहमतिअनुसार काम नभएको भन्दै यादव समूहले बहिस्कार गरेको हो । त्यसैगरी माओवादी नेतृ शशी श्रेष्ठले सचिवालय सदस्यमा नराखेको भन्दै रुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकी छन् ।
उनले उर्मीला अर्याललाई सचिवालय सदस्य बनाइएको तर आफूलाई नबनाइएको भन्दै राजीनामा दिएको बैठक स्रोतले जानकारी दियो ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC