site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । साना–ठूला सबै लगानीकर्तालाई बजारमा सेयरमा थप लगानी गर्न अवसर आउन लागेको छ । 

नेपालको पुँजी बजारमा ५५ कम्पनीले प्राथमिक (आईपीओ), हकप्रद र थप सेयर (एफपीओ) गरी झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेका छन् । जसअनुसार १४ कम्पनीले ८५ करोड ९३ लाख ३६ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि तयारी गर्दैछन् । यस्तै ३ कम्पनीले ४४ करोड १० लाख रुपैयाँ बरबारको आईपीओ निष्कासनका लागि स्वीकृति पाई बजारमा सेयर बिक्रीसमेत गरिसकेका छन् । 

यस्तै विभिन्न २७ कम्पनीले १२ अर्ब १८ करोड ७२ लाख रुपैयाँ बजारको हकप्रद र एफपीओ सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । यीमध्ये केहीले हकप्रद निष्कासन गरिसकेका छन् भने केहीले निष्कासनको तयारीमा जुटेका छन् । यस्तै ११ कम्पनीले ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद सेयर स्वीकृतिको पर्खाइएमा छन् । आइपीओ र हकप्रद सेयर निष्कासन गर्नेमा अधिकांश बैंक तथा वित्तीय संस्था अनि बिमा र जलविद्युत् कम्पनी छन् । आगामी असारसम्म चुक्ता पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन  गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै केही जलविद्युत् कम्पनीले पनि नयाँ आयोजना निर्माणका लागि थप लगानी जुटाउन हकप्रद सेयर निष्कासनको तयारी गरेका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाले पुँजी बढाउन र जलविद्युत् कम्पनीले लगानी जुटाउन एफपीओ निष्कासनको माग गरेका छन् । धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीलाई अनुमाति दिएपनि जलविद्युत् कम्पनीले पाउने तयारीमा छन् । 

धितोपत्र बोर्डका अनुसार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दा र अरुण कावेली पावर लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासन गरिसकेका छन् । यस्तै नेपाल हाइड्रो डेभलपर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गर्न बाँकी छ ।

Global Ime bank

हिमालयन पावर पार्टनर्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, छ्यान्दी हाइड्रोपावर लिमिटेडले, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई सयेर निष्कासनको तयारी गरेका छन् ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले र एसबीआई बैंकले एफपीओ निष्कासन गर्दैछन् । सर्वसाधारणलाइन सेयर निश्कासन गर्नेमा समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेका छन् । 

बोर्डले हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएका मध्ये केही संस्थाले खुला गरिसकेका छन् भने केही तयारीमा जुटेका छन् । 

हकप्रद  सेयर निष्कासनका लागि अनुमति पाउने कम्पनीमा प्राइम कमर्शियल बैंक, सेन्चुरी कमर्शियल बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, सहारा विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, लिमिटेड, अरनिको डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र सेती फाइनान्स लिमिटेड छन् ।

यस्तै सेवा विकास बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, नागवेली लघुवित्त विकास बैंक, एनएमबी माइक्रोफाइनान्स, हिमालयन बैंक, जनता बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक, मन्जुश्री फाइनान्स, नमस्ते वित्तीय संस्था सगरमाथा फाइनान्स, सप्तकोसी विकास बैंक, कन्चन डेभलपमेन्ट बैंक र देव विकास बैंक छन् । 

हकप्रदको स्वीकृतिको पर्खाइमा रहेका संस्थामा सेन्ट्रल फाइनान्स, अपी पावर लिमिटेड, कामना विकास बैंक, ललितपुर फाइनान्स, नेको इन्स्योरेन्स, कैलाश विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, नेरुड लघुवित्त विकास बैंक, भागर्भ विकास बैंक, सानिमामाई हाइड्रोपावर लिमिटेड र डेप्रोक्स लघुवित्त विकास बैंक छन् । 

पछिल्लो समयमा सर्वसाधारणको जलविद्युत्मा चासो बढेपछि प्रवद्र्धक कम्पनीहरुले धमाधम स्थानियबासिन्दाका अतिरिक्त सर्वसाधारणलाई सेयर दिन थालेका छन् । ९ वटा जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकरण भई सेयर बजारमा कारोबार भइरहेको छ । यस्तै बैंक तथा वित्तीय संस्था, लघुवित्त र विमा कम्पनीले पुँजी बढाउन हकप्रद र थप सेयर निश्कासनका लागि तयारी गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाले आगामी असारसम्म चुक्तापुँजी बढाउनुपर्ने वाध्यताकारी व्यवस्थाले उनीहरुले हकप्रद र थप सेयर (एफपीओ) निश्कासन भएपछि सेयरको आपूर्ति बढाउने छ । यसको असर दोस्रो बजारमा पर्ने देखिन्छ । हकप्रद र एफपीओले बजारमा सेयरको आपूर्ति बढाउनेछ र सेयरको मूल्य घटाइ बजारमा असर गर्ने सम्भावना त्यत्तिकै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC