site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ शक्ति पार्टीमा छाया मन्त्री तयार छन् 
Ghorahi CementGhorahi Cement

विसं. २००६ सालमा खोटाङ जिल्लाको रतन्छामा जन्मिएका मदन राई नेपालका सीमितमध्येका कृषि विशेषज्ञ हुन् । नेपालका ७५ वटै जिल्ला पैदल हिँडेर गरागरा चहारेका उनी ७२ देश पुगेका छन् । वैज्ञानिक कृषि प्रणाली र व्यवहारमुलक शिक्षामा जोड दिने राई पछिल्ला केही दशक यता सक्रिय राजनीतिमा छन् । ०५६ सालको संसदीय निर्वाचनमा खोटाङबाट स्वतन्त्र रुपमा चुनाव लडेका उनी अहिले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा सक्रिय छन् । पार्टी संरक्षक तथा केन्द्रीय परिषद् सदस्यसमेत रहेका राई नयाँ शक्तिमा बिचार प्रतिपादकमध्येका एक हुन् । उनै राईसँग बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानी:
नयाँ शक्ति नेपालले अहिले के गरिरहेको छ ? 
पहिलो चरणमा हामी संगठनको प्रचारप्रसारमा थियौं । जेठ ३० गते करिब करिब जनसमर्थन प्राप्त भयो । नयाँ सोच र तरिकाले अघि बढ्नुपर्छ भन्ने अभियन्ताहरुले सपथ लियौं । त्यसपछि प्रणाली विकासमा लागेका छौं । जनताले चाहेको उमेदवार उठाउने अवस्थाको सिर्जना गर्न र राणाको पालाको सिन्डिकेट प्रथा अन्त्यका लागि प्रणाली विकासमा लाग्यौं । अहिले यसको पनि अन्तिम चरणमा छौं ।     


जनसमर्थन प्राप्त भयो भन्ने आधार के हो ? 
विभिन्न राजनीतिक दलबाट ठूलो संख्यामा हाम्रो पार्टीमा आउनु भएको छ । त्यसबाहेक ठूलो जमातले हामीलाई जनसमर्थन जेठ ३० गते नै दिएको छ । संगठन बिस्तारका क्रममा गाउँ गाउँमा ठूलो जनलहर नै छ । 

\"\"

Agni Group


जनसर्मथन पायौं या पाएनौं भनेर जाच्ने कसी त चुनाव हैन र ? 
हो । तर, हामी त्यहाँसम्म पुग्दैछौं । भर्खर आठ महिना भयो । तर, यसबीचमा हामीबाट धेरैले धेरै अपेक्षा गर्नुभएको छ । यो नै जनसमर्थन छ भन्ने आधार हैन र ? देशको समृद्धिका लागि नयाँ शक्तिलाई जनताले हेर्न चाहेका छन् । देशको विकासका लागि एकपटक बाबुराम भट्टराईको नेतृत्व चाहिएको छ ।


आठ महिनामा तपाइँहरुले के गर्नु भयो त ?
यो र यति काम गर्यौँ भनेर भन्न हामी सरकारमा गएका छैनौं । हामी सरकारमा थियौं भने तपाइँले पनि सोध्न मिल्थ्यो । हामी त कसरी देश विकास गर्ने भनेर अहिले आन्तरिक खाका बनाउँदैछौं । त्यसका लागि गृहकार्य गरिरहेका छौं । 

Global Ime bank


देश विकास गर्ने खाका तपाइँहरुसँग के छ त ? जो अरुसँग छैन । 
हाम्रो पार्टीमा विज्ञताका आधारमा को कहाँ बस्ने भन्ने विधानमा स्पष्ट छ । को कसको नजिक छ र कसले कसको चाकडी गर्छ त्यो नै उपल्लो तहमा पुग्ने जुन अहिलेको प्रचलन छ त्यो हाम्रो पार्टीमा हुने छैन । 
विज्ञताका आधारमा व्यक्तिले पद र अवसर पाउने छन् । हाम्रो पार्टीमा छायाँ मन्त्री तयार छन् । जस्तै मेरो भागमा कृषि पर्छ । कृषिको विकास कसरी गर्ने, कसरी वैज्ञानिक प्रक्रिया र प्रवृत्ति अवलम्बन गर्न सकिन्छ । अर्थ अर्को कसैको भागमा पर्ला । उहाँले कसरी नेपालको अर्थ व्यवस्था उकास्न सकिन्छ त्यसको खाका उहाँले तयार पार्नु भएको छ । यो खाका हाम्रा छायाँ मन्त्रीहरुले तयार पार्नु भएको छ । तर म र रामेश्वर खनाल  सरकारमा जाने अवसर आए पनि नजाने सोँचमा छौं ।


तपाइँ हाम्रो पार्टीमा कसैको निकटताका आधारमा कोही माथिल्लो पदमा पुग्न विधानले व्यवस्था गरेको छैन भन्नुहुन्छ । तर, भ्रष्टचारको आरोप लागेकालाई डा. भट्टराईले संरक्षण दिएको भन्ने आरोप लागिरहेको छ नि ?
आरोप लाग्नु र प्रमाणित हुनु अलग अलग कुरा हुन् । आरोप मन नपरेकै आधारमा कसैले कसैलाई पनि लगाउन सक्छ । अदालतले प्रमाणित नगरेसम्म भ्रष्टचारी हो भन्न पनि मिल्दैन । र त्यसमा विश्वास गर्नु पनि हुँदैन । मान्छे सबै लोभीपापी हुन्छ । केही न केही स्वार्थ मान्छेमा हुन्छ । भोली म पनि भ्रष्टाचारी हुँला । त्यो विचारको भ्रष्ट पनि हुनसक्छ । पैसा पनि हिनामिना पनि हुनसक्छ । 
भोलीभन्दा पनि विगतमा पदीय दुरुपयोग गरेका व्यक्ति नै अहिले डा. भट्टराईका दाहिने हात भएर बसेका छन् भन्ने टिप्पणी सुन्नु भएको छैन ? 
नेपालमा भ्रष्टाचार तहतहमा हुन्छ । यो सबैलाई थाहा छ ।  बाबुराम भट्टराई पनि प्रधानमन्त्री हुँदा भ्रष्टाचार भएको कुरा आएको थियो । त्यो उहाँले नै गर्नु भएको त हैन नि । उहाँको कार्यकालमा भएकाले उहाँले नैतिक जिम्मेवारी लिने पक्ष एउटा होला । तर, वास्तविकता त उहाँले गर्नु भएको हैन भन्ने नै हो । 
नयाँ शक्तिमा अनुशासन आयोग छ । प्रहरी केस लाग्नेबित्तिकै निलम्बन हुन्छ । प्रमाणीत हुनेबित्तिकै बर्खास्त हुन्छ । यसमा कसैले शंका गर्ने ठाउँ नै छैन । सबै आश्वस्त भए हुन्छ ।

 

\"\"
नयाँ शक्ति उपेन्द्र यादव नेतृत्वको फोरम समाजवादीसँग एकीकरणको हल्ला छ नि । कहिले एकता हुँदैछ ?
उपेन्द्र जिसँग मात्रै होइन । एजेन्डा र विचार मिल्ने सबैसँग एकता गर्नुपर्छ भन्ने हो । तर, यसका लागि सबैलै सम्झौता गर्नुपर्छ । कसले के र कति सम्झौता गर्ने भन्ने मुख्य प्रश्न हो । एकता र विचार मिले हामी सबैसँग एकता गर्ने पक्षमा छौं । छलफल भइरहेको छ र निष्कर्षमा पुगिसकेका छैनौं । 
तपाइँ लगायत केही नेता फोरम समाजवादीलाई एकीकरण हुन नदिने पक्षमा हुनुहुन्छ रे नि । 
मैले अगाडि नै भने एकीकरणका लागि विचार र सिद्धान्त मिल्नुका साथै सम्झौता गर्न सक्नुपर्छ । हामी समृद्ध नेपाल निर्माण गर्न निश्चित भिजन लिएर हिँडेका छौं । कोही हाम्रो भिजनमा सहमत भएर आउँछ भने उसलाई हामी सँधै स्वागत गर्न आतुर छौं । 


यसको मतलब समाजवादी फोरम नयाँशक्तिको भिजनमा हिँड्न तयार भएको अवस्थामा मात्रै एकीकरणको सम्भावना छ भन्ने हो ?
अवश्य पनि । उहाँहरु हामीसँग सम्झौता गर्न तयार हुनुपर्छ । पार्टी एकता हुनसक्छ ।  


उपेन्द्र यादव आउँदा पदीय भागबण्डा कसरी मिलाउनु हुन्छ ?
हाम्रो पार्टीमा पद नै छैन । हामी सबै जमिनमा छौं । बाबुराम भट्टराई एक जना संयोजक हुनुहुन्छ । बाँकी सबै सदस्य हो । धेरै पार्टीका अध्यक्ष जमिनमै हुनुहुन्छ । उहाँलाई पद नै चाहिन्छ भन्ने छ र ? 

\"\"

भनेको उहाँ पनि केन्दीय परिषद सदस्यमै बस्नुपर्छ भन्न खोज्नु भएको ? 
हो । अरु पार्टीका अध्यक्ष यहाँ आएर सदस्य मात्रैमा बस्न हुने । अब आउनेले नहुने भन्ने त छैन । केही महिना पछि महाधिवेशन हुँदैछ । त्यसले सबै निर्धारण गरिहाल्छ । महाधिवेशनले बाबुरामलाई पनि हराउन सक्छ । उहाँ नै अध्यक्ष पनि हुन सक्नुहुन्छ । डराउनुपर्ने कारण नै छैन । केही समयका लागि त कुर्न सक्नुपर्छ नि ।
पार्टी गठन हुन नपाउँदै संस्थापक सदस्यहरु पार्टी छोडेर जान थाले तपाइँहरु कसरी आफ्नो उद्देश्य प्राप्तिमा सफल हुनसक्नु होला ? 
एउटै घरमा दाजु भाइ र बावु छोराबीच त विचार मिल्दैन, झगडा हुन्छ भने हामी देशभरबाट एउटै विचार र सिद्धान्तमा हिड्छौं भनेर गोलबद्ध भएका छौं । यो ठूलो घरमा सबैको सबैसँग विचार मिल्छ भन्ने छैन । कोही असन्तुष्ट हुनसक्छ । पार्टी हो आउनेजाने क्रम त चलिरहन्छ नि । यो अरु पार्टीमा पनि भएको छ । यसलाई अन्यथा लिनुपर्ने अवस्था कही देख्दिन म ।


नयाँ शक्ति सिद्धान्त र दर्शनका हिसावले आफैं स्पष्ट छैन नि हैन ? 
हैन । गतिशील लोकतन्त्र र जनसहभागितामुलक समाजवाद नै हाम्रो सिद्धान्त हो । यसमै टेकेर हामी अगाडि जाने हो । लोकतान्त्रिक र समावेशी विधान बनाएका छौं । सिन्डिकेट र टिका लगाउने चलनको अन्त्य भएको छ । यो हाम्रो नीतिलाई अरु दलले पछ्याएनन् भने हामीलाई जनताले भोट दिन्छन् ।


के भयो भने नेपाल समृद्ध हुन्छ ? 
गतिशील लोकतन्त्र र जनसहभागितामुलक समाबादको सिद्धान्तमा हिड्न सकियो भने हामीले देखेको समृद्ध नेपाल बन्छ । आर्थिक क्रान्ति गर्नुपर्छ । यसका लागि सडक सञ्जाल गाउँगाउँमा पुग्नुपर्छ । सडक भएपछि गरागरामा व्यवसायिक खेती हुन्छ । खोला खोलामा बोटो पुगेपछि सजिलै बिजुली निकाल्न सकिन्छ । सबैतिर सडक पुगेपछि कच्चा पदार्थ भएको ठाउँमा उद्योग खोल्न सकिन्छ । सडकसँगै पर्यटनलाई व्यवसाय बनाउन सकिन्छ । यी सबैका लागि सुरक्षा र काममुखी शिक्षा प्रणालीको विकास गर्न सकियो भने समृद्ध नेपाल निर्माण हुनसक्छ ।
 

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC