site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जयललिता : मुभी स्टारदेखि मुख्यमन्त्रीसम्म    
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार राति निधन भएकी भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको बारेमा भारतीय सञ्चारमाध्यम दैनिक भाष्करको अनलाइन संस्करणले एउटा सामग्री प्रस्तुत गरेको छ । प्रस्तुत छ, ‘अम्मा जर्नी फ्रम मुभी स्टार टु पोलिटिकल क्विन’ की लेखक वासन्तीलाई उद्धृत गर्दै लेखिएको सो सामग्रीको भावानुवाद ।

जयललिताको जन्म २४ फेब्रुअरी सन् १९४८ मा तमिल ब्राह्मण परिवारमा भएको हो । भारतको मान्ड्या जिल्लामा जन्मेकी उनी १३ वर्षको उमेरदेखि चलचित्रमा काम गर्न थालिन् । उनले तमिल, कन्नड, अंग्रेजी र हिन्दीलगायत १ सय ४० चलचित्रमा अभिनय गरिन् । उनी ३४ वर्षको उमेरमा अल इन्डिया द्रविड मुन्नेत्र कझगम (एआइएडिएमके)को सदस्यका रूपमा राजनीतिमा प्रवेश गरिन् । उनी ६ पटकसम्म तमिलनाडुकी मुख्यमन्त्री बनिन् । 
जयललिता र एमजीआरका बीच निकट सम्बन्ध थियो भनिन्छ ।  एकपटक मरुभूमिमा सुटिङ भइरहेको थियो । जयललिताको खुट्टामा चप्पल–जुत्ता केही थिएन । तातो बालुवामा हिँडिरहेकी उनलाई त्यतिबेला एमजीआरले काखमा उठाएका थिए । 
चलचित्रमा सबैभन्दा हिट जोडी एमजिआर–जयललिताको थियो । यी दुईको उमेरमा ३१ वर्षको फरक थियो । सन् १९६५ देखि १९७२ सम्म जयललिताले धेरैजसो चलचित्रमा एमजिआरसँग काम गरेकी थिइन् । 
यस समय जयललिता ‘बोल्ड सिन’ दिने नायिकामा पर्थिन् । उनी स्कर्ट लगाउने पहिलो तमिल स्टार थिइन् । हिन्दी चलचित्रमा भने उनले धर्मेन्द्रसँग ‘इज्जत’ नामक चलचित्रमा काम गरेकी थिइन् । 
सन् १९८७ मा एमजिआरको देहान्त भयो । तत्कालीन समयमा जयललितालाई एमजिआरका परिवारले घरमा प्रवेश गर्न दिएनन् । दौडेर उनी ढोकाबाट प्रवेश गर्न लाग्दा ढोका थुनियो । 
एमजिआरको पार्थिव शरीर राजाजी हलमा राखिएको थियो । जयललिता त्यहाँ पुगिन् । जयललिता त्यहाँ दुई दिनसम्म उभिइरहिन् । त्यहाँ एमजिआरका आफन्तले जयललितालाई जान बाध्य गराए । तर, उनले टेरिनन् । 
एमजिआरको अन्तिम श्रद्धाञ्जली यात्रामा जयललितालाई एमजिआरकी श्रीमती जानकी रामचन्द्रनका भतिजाले आक्रमण गरे । यस समय भने जयललिताले श्रद्धाञ्जली यात्रामा अघि नबढ्ने निधो गरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो थियो चलचित्र यात्रा
जयललिताले १३ वर्षको उमेरमा बालकलाकारका रूपमा काम गर्न थालिन् । उनको पहिलो चलचित्र अंग्रेजीमा बनेको ‘द एपिसल’ थियो । 
उनी दुई वर्षकी हुँदा बुबाको मृत्यु भइसकेको थियो । यसपछि परिवारमा ठूलो संघर्ष सुरु भएको थियो । उनकी आमा वेदवल्लीले नाम परिवर्तन गरेर सन्ध्या राखिन् । र, तमिल चलचित्रमा काम गर्न थालिन् । 
जयललिता आफ्नी सानीआमा र हजुरबा–हजुरआमासँग बेङलरुमा बसेर पढ्न थालिन् । सानीमाको विवाहपछि उनी आमासँगै चेन्नई फर्किइन् । जयललिताको पढाइ राम्रो थियो । म्याट्रिकमा उनी तमिलनाडुमै दोस्रो स्थानमा आइन् । यद्यपि उनकी आमा उनलाई चलचित्रमा काम गराउन चाहन्थिन् । 
जयललिताले १६ वर्षको उमेरमा बेन्निरा अदाई (सादा पोसाक) नामको तमिल चलचित्रमा काम गरिन् । यस चलचित्रमा उनले विधुवाको भूमिका निर्वाह गरेकी थिइन् । चलचित्रले ‘ए’ सर्टिफिकेट पाएको थियो । १८ वर्षभन्दा कम उमेरको भएकाले जयललिता स्वयम्ले चलचित्र हेर्न पाइनन् ।
जयललिताले तत्कालिन सबै साउथ इण्डियन सुपरस्टारसँग चलचित्रमा काम गरिन् । शिवाजी गणेशन, राज कुमार, एनटी रामारावलगायत स्टारसँग काम गरिन् । 
एमजिआरले नै ल्याए राजनीतिमा 
एमजिआरले सन् १९७२ मा ‘डिएमके’बाट छुट्टिएर ‘एआइएडीएमके’ पार्टी स्थापना गरे । र, ६ वर्षपछि मुख्य मन्त्री बने । जयललिता सन् १९८२ मा एआइएडीएमके पार्टीमा सदस्य भइन् । त्यतिबेला उनको उमेर ३४ वर्ष थियो । 
सन् १९८३ मा उनलाई पार्टीले प्रोपोगान्डा सेक्रेटरी बनायो र ‘एआइएडीएमके’ अभियानको जिम्मा दिइयो । सन् १९८४ मा एमजिआरले उनलाई राज्यसभामा पठाए । १९८९ सम्म उनी सांसद बनिन् । १९८७ मा एमजिआरको मृत्यु भयो । यसपछि पार्टी फुट्यो । जयललितालाई मन नपराउनेहरुले एमजिआरकी श्रीमती जानकीलाई मुख्य मन्त्री बनाइदिए । तर, १९८९ को निर्वाचनमा पार्टीको पराजय भयो । जयललितालाई विपक्षी नेता बनाउनुपर्यो ।  
१९९१ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेकी जयललिताको पार्टीलाई बहुमत प्राप्त भयो । त्यस समय उनी पहिलोपटक तमिलनाडुकी मुख्यमन्त्री बनिन् ।

साथीलाई विष दिएको आरोप
जयललिताकी साथी शशिकला चलचित्रमा काम गर्न चाहन्थिन् । यसका लागि उनले ८० को दशकमा जयललितासँग सम्बन्ध बढाइन् । पछि दुईबीच गहिरो सम्बन्ध भयो । यो साथीको सम्बन्ध जयललिताको राजनीतिक जीवन सुरु हुञ्जेल रह्यो ।
एमजिआरको मृत्युपछि १९९१ मा जयललिताको विजय भयो । यसमा आर्थिक कोषदेखि विभिन्न अभियानको जिम्मेवारी शशिकलाले निर्वाह गरिन् । १९९६ सम्म जयललिताको सबै राजनीतिक निर्णय शशिकलाले गरिन् । शशिकलाका भतिजा बिएन सुधारकरनलाई जयललिताले आफ्नै छोरा समान मान्थिन् । भनिन्छ, सुधाकरनको विवाहमा जयललिताले १ सय करोड खर्च गरेकी थिइन् । यो विवाह पछि ‘एआइएडिएमके’ विपक्षीको निशानामा पर्यो । चुनावमा उनलाई एक सिट पनि हात लागेन ।
यसबाट डराएकी जयललिताले शशिकलासँग दूरी बढाइन् । शशिकलालाई जयललिताले ‘स्लो प्वाइजन’ दिएको आरोप लाग्ने गरेको छ । यद्यपि जयललिताले उनका गल्तीहरुमा धेरै पटक माफी पनि दिएकी थिइन् । तर, सुधाकरनलाई फेरि सँगै लिइनन् । 

Global Ime bank

६ पटकसम्म मुख्यमन्त्री
जयललिता सन् १९९१ मा पहिलो पटक मुख्यमन्त्री भइन् । २००१ मा पनि मुख्य मन्त्री बनिन् । तर, सर्वोच्च अदालतले उनको नियुक्ति अवैध घोषित गरिदियो । उनलाई बाध्यतावश आफ्ना विश्वासिला मन्त्री ओ पन्निसेल्वमलाई मुख्य मन्त्री बनाउनुपर्यो । मद्रास उच्च अदालतबाट फैसला भएपछि सन् २००२ मा उनी तेस्रो पटक र २०११ मा चौथो पटक मुख्यमन्त्री भइन् ।
सन् २०१४ मा आयभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा जेल जानुपर्यो । उनलाई आफ्नो पद छोड्नुपर्यो । तर, सन् २०१५ मा आरोपबाट मुक्त भएपछि पाँचौंपटक मुख्यमन्त्री बनिन् । मे २०१६ मा छैटौँपटक मुख्य मन्त्री बनिन् । 

राजनीतिक संघर्ष
२५ जनवरी सन् १९८९ मा तमिलनाडु विधानसभामा बजेट पेश भइरहेको थियो । करुणानिधि बजेट भाषण पढिरहेका थिए । यसै समय विपक्षी दलकी नेतृ जयललिताले आफ्नो ‘फोन टेप’ गरिरहेको गुनासो राखिन् ।
तर, सभामुखले यस विषयमा बहसको अनुमति दिएनन् र जयललिताका समर्थक भड्किए । उनी सदनबाट बाहिर निस्किइन् । त्यससमय ‘डिएमके’का एक सदस्यले उनको सारी ताने । सारीको फेरो खस्यो । उनी आफैँ पनि लडिन् । तब जयललिताले विधानसभा महिलाका लागि सुरक्षित नहुञ्जेल नआउने अठोट गरिन् । पछि आफैँ मुख्यमन्त्री भएर विधानसभामा उपस्थित भइन् । 
सन् १९९७ मा तमिलनाडुको ‘डिएमके’ सरकारले जयललिताको सबै गहना जफत गरिदियो । त्यसपछि उनले १४ वर्षसम्म गहना लाइनन् । सन् २०११ मा उनलाई पार्टी वर्कर्सले भनेपछि गहना लगाउन थालिन् । उनी आफ्ना सदस्यहरुलाई निराश पार्न चाहन्नथिन् ।  
जयललितालाई सानामा उनकी आमाले ‘अम्मो’ भन्ने गर्थिन् । सन् १९९१ मा जब उनको अत्यधिक बहुमतका साथ जित भयो, तब उनका प्रशंसकहरुले उनलाई ‘अम्मा’ अर्थात् सबैको ख्याल गर्ने व्यक्ति भनेर भन्न थाले ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC