site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सोमबार पनि सेयर बजार ओरालो लाग्यो, लगानीकर्ताले २९ अर्ब ३२ करोड गुमाए 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सोमबार पनि सेयर बजारमा सुधार आउन सकेन । आइतबार झण्डै ३० अंक घटेको बजार सोमबार २६ अंक घटेर नेप्से परिसूचक १ हजार ५४४ अंकमा सीमित भएको छ । दुई दिनमा बजार ५६ अंक घटेको छ । सेयर बजार घटेपछि सोमबारमात्र लगानीकर्ताले २९ अर्ब ३२ करोड रुपैयाँ गुमाएका छन् । सोमबार बजार घटेर पुँजीकरण १७ खर्ब १८ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ । आइतबार बजार पुँजीकरण १७ खर्ब ४७ अर्ब ९३ करोड रुपैयाँ थियो ।
सोमबार उत्पादनमूलक क्षेत्रको सामान्य वृद्धि बाहेक बैंक, होटल, विकास बैंक, जलविद्युत्, बिमाको सेयर मूल्य घटेको छ । सोमबार सबैभन्दा बढी सेयर बिमा समूहको घटेको छ । बिमाको सेयर १७३ अंक घटेको छ । 
सोमबार सबैभन्दा बढी सेयर कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको प्रतिसेयर १ हजार ३० रुपैयाँमा ११ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सिद्धार्थले आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४८.७ प्रतिशत बोनस सेयर दिने र चुक्तापुँजी बढाउन ३९ प्रतिशत हकप्रद सेयर पनि निष्कासन गर्ने भएपछि सेयर कारोबार बढेको हो । सोमबार ६४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC