साहित्य
काठमाडौं । बलिउड सुपरस्टारहरु शाहरुख खान र सलमान खानको जोडी करन अर्जुन फिल्मपछि फेरि एउटै फिल्ममा सँगै अभिनय गर्न तयार भएको एनडिटिभीले जनाएको छ ।
शाहरुख र सलमानले यसअघि ‘करण अर्जुन’, ‘हम तुम्हारे है सनम’ र ‘कुछ कुछ होता है’मा सँगै काम गरेका थिए । समाचार संस्था पीटीआईका अनुसार शाहरुख खानलाई यस विषयमा प्रश्न सोध्दा उनले कसैले सँगै फिल्म खेल्ने अफर गरेमा नखेल्ने कुरै नभएको बताए ।
उता, सलमान खानले पनि कसैले सँगै खेलाउने प्रस्ताव गरे खेल्न तयार भएको बताएका छन् । शाहरुख खानले भने यस्तो कामका लागि धेरै धर्यता भएको एक निर्देशक चाहिएको बताएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३ १५:२९
प्रतिक्रिया दिनुहोस्