site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

घटना– १
आफूलाई बेलायती नागरिक बताउने कानेजोन नाम गरेका व्यक्तिले काठमाडौँकी एक युवतीलाई फेसबुकमा साथी बन्न अनुरोध गर्छन् । बेलायती नागरिक अनि अविवाहित युवा देखेपछि युवती फेसबुकमा साथी बन्न राजी हुन्छिन् । उनीहरूबीच चिनजान हुन्छ । समयसँगै सम्बन्धमा गाढापन मौलाउँदै जान्छ, कुराकानी हुन्छ ।
दुवैबीच मन माझामाझ भएपछि किन लुक्थ्यो र कुरा ? कुरैकुरामा वैवाहिक जीवनका कुरा हुन्छन् । प्रेम, विवाहको बाटो हुँदै अघि बढ्छ । कानेजोनले विवाहकै प्रस्ताव गर्छन् । युवतीमा बेलायत जाने लालसा  । अनि, विवाह नै गर्ने भएपछि प्रेम सम्बन्ध स्वीकार्य बन्छ । गत वैशाखदेखि फेसबुकमा कुरा हुन थाल्यो उनीहरुको ।
प्रेममा उपहारले छुट्टै अर्थ राख्छ । उपहार प्रेमको निसानी पनि हो । र, माध्यम हो प्रेम दर्शाउने । गत भदौतिर कानेजोनले ती युवतीलाई डिएचलमार्फत पार्सल गर्ने आश्वासन दिन्छन् । केही सामानहरु पार्सल पनि गर्छन् । यसरी एउटा सात समुद्रपारीको मान्छेसँग गरेको कुराकानी प्रेममा परिणत हुन्छ र त्यसले विश्वास आर्जन गर्छ । 
एक दिन फेरि कानेजोनले पार्सल गरेको कोड नम्बर पठाउँछन्, जुन सामान भारतबाट आउने भनिएको हुन्छ । केही दिनपछि भारतबाट एक व्यक्तिले फोन गरेर ‘तपाईंको सामान आएको छ, सामान महँगो रहेछ । भित्र पैसाको मुठा छ, यो पठाउन पैसा लाग्छ’ भन्छन् । सामान भारतमा अड्किएको कुरा युवतीले कानेजोनलाई भन्छिन् । भारत पैसा कसरी पठाउने भन्नेबारेमा छलफल हुन्छ । कानेजोनले एक जना विश्वासिलो व्यक्तिको नाममा एसबीआई बैंकमा खाता खोल्न र रकम त्यहाँ जम्मा गरी एटिएम कार्ड भारत पठाउन सुझाव दिन्छन् ।
उनले भनेजस्तै गरी ती युवतीले आफ्नो नातेदारको नाममा बैंक खाता खोल्छिन् । पैसा जम्मा गर्छिन् र एटिएम भारत पठाउँछिन् । सुरुमा २ लाख पठाएकी ती युवतीले रकम नपुगेको भनेपछि थप्छिन् । 
जब रकम भारतबाट झिकियो, आफ्नो सम्पर्कमा रहेको कानेजोनको अत्तपत्तो हुन्न । फेसबुकमा पनि सम्पर्क टुट्छ । त्यसपछि बल्ल युवती आफू ठगिएको निष्कर्ष निकाल्छिन् । अनि, पुग्छिन् बन्छ प्रहरीकोमा ।

घटना– २
काठमाडौँमा राम्रो नाम चलेको स्कुलमा पढाउने युवती आफैँ आत्मनिर्भर छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय । उनको पनि अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीको इन्जिनियर बताउने युवासँग फेसबुकमा सम्पर्क हुन्छ । 
जोन स्मिथ नाम बताउने युवासँग युवतीको सम्पर्क बढ्छ । शिक्षिका ऊप्रति आकर्षित हुन्छिन् । जोन नेपाली युवतीसँगै विवाह गर्ने मनशाय व्यक्त गर्छन् । स्नातकोत्तर युवती ग्रिन सिग्नल पाएपछि उत्साहित हुन्छिन् र कुरा अघि बढाउँछिन् । प्रेमपूर्ण कुराहरू जारी रहन्छ । 
जोनले शिक्षिकालाई उपहार पठाइदिने आश्वासन दिन्छन् । पार्सल गरी एउटा गोल्डेन घडी पठाइदिन्छन् पनि । प्रेमीले घडी उपहार दिएपछि दंग परेकी शिक्षिका पुनः ५० हजार डलर पैसाको लोभमा पर्छिन् । यसबाट उनीहरू नेपालमा जग्गा किन्ने र सुन्दर घर बनाउने योजना बनाउँछन् । 
स्मिथले ५० हजार अमेरिकन डलर पठाएको भन्दै पार्सल नम्बर पठाउँछन् । पैसा कतिखेर आउँछ भन्दै कुरेकी शिक्षिकलाई भारतबाट फोन आउँछ, ‘धेरै पैसा रहेछ, त्यसैले प्रक्रिया पूरा गर्न केही रकम लाग्छ । रकम नभए यो पैसा जताबाट आएको हो, उतै फिर्ता हुन्छ ।’ युवती आत्तिँदै जोन स्मिथलाई फोन गर्छिन् । स्मिथले तिम्रो नाममा बैंक खाता खोल र पैसा त्यसमा जम्मा गर भन्छ । त्यसको एटीएम कार्ड र पिन कोड भारत पठाउन सुझाव दिन्छन् । शिक्षिकाले त्यसै गर्छिन् । जब पैसा, एटीएम कार्ड र कोड नम्बर भारत पुग्छ, जोन स्मिथ गायब ! भारतबाट आएको नम्बरमा पनि सम्पर्क हुन सक्दैन । 
५० हजार अमेरिकी डलर र अमेरिकी पति पाउने लोभको घर भत्कियो । १० लाख डुब्यो । शिक्षिका उसैगरी रुँदै अपराध महाशाखामा पुगिन् । 
घटना– ३
बेलायती नागरिक ‘मार्क रिचर्ड’ बताउने व्यक्तिले काठमाडौँमा बस्ने एक विवाहित महिलालाई पनि यसैगरी ठगे । उनी आफू पटकपटक नेपाल आउने गरेको र नेपाल आएको बेला भेट गरौँला भन्दै नजिक भए । ‘तपाईँलाई उपहार पठाएको छु, उपहार महँगो छ’ भन्दै एउटा पार्सल गरेको नम्बर पठाए । ती महिलालाई पनि भारतबाट त्यसैगरी फोन आयो । उनले सुरुमा ५ लाख पठाइन् । फेरि एक सातापछि फोन आयो । ‘पैसा पुगेन, उताबाट पठाएको सामानमा डलरको मुठा छ, छुटाउन पर्छ’ भन्दै ८ लाख माग गरियो । महिलाले हतारहतार त्यो पैसा पठाइन् । त्यसपछि त्यो व्यक्ति गायब भयो । यता, घरमा महिलालाई पतिले लखेटे । आफन्तको सहयोगमा उनी अपराध महाशाखा पुगिन् र सुनाइन् आफ्नो बेलीबिस्तार । 

प्रहरी भन्छ- कारबाही गर्ने प्रमाण छैन 
महानगरीय अपराध महाशाखाका ‘साइबर क्राइम युनिट’का प्रमुख डिएसपी पशुपति रायका अनुसार गएको वैशाख यतामात्र यस्ता खाले पाँच वटा ठगीका उजुरी परेका छन् । त्यसमा दुई अविवाहित युवती, दुई महिला र एक पुरुष ठगिएका छन् । 
“विदेशी नागरिक भन्नेबित्तिकै भुतुक्कै हुने मनसाय भएका युवतीहरु धेरै फसेको देखिन्छ,” डिएसपी रायले बाह्रखरीसँग भने, “धेरै ठगिएकाहरु यसरी प्रहरीमा आउँछन् । कतिपय त प्रहरीमा आउँदा आफ्नो पोल खुल्ने डरले आउँदैनन् ।” आफूलाई विदेशी भन्दै फेसबुकमा च्याट गरेकै भरमा लोभिने युवतीहरु फस्ने गरेको भन्दै फेसबुकको पछि लागेर उपहार पाउने आश नगर्न डिएसपी रायको सुझाव छ । महाशाखाको ठगी छानबिन युनिटका इञ्चार्ज प्रहरी निरीक्षक गोविन्द पन्थी पनि फेसबुकमा बनेको मित्रताले धेरैलाई कङ्गाल बनाएको बताउँछन् । “ठगिएकाहरू रुँदै कराउँदै प्रहरीमा आउँछन् । प्रमाण केही हुँदैन, कसरी कारबाही गर्ने ?” प्रहरी निरीक्षक पन्थीले भने, “भनेको भरमा कारबाही गर्न मुस्किल हुन्छ । फेरि ठगी गर्नेहरू मुलुकबाहिर हुन्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC